शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालको राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले मुख खोल्यो

शुक्रबार, १७ पुस २०७७, ०८ : १५
शुक्रबार, १७ पुस २०७७

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर चीन र भारतपछि अमेरिकाले मुख खोलेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले यसलाई नेपालको आन्तरिक मामिला भनेको छ । 
‘यो नेपालको सार्वभौम संस्था र राजनीतिक दलले आफ्नो लोकतान्त्रिक संवैधानिक प्रक्रिया र कानुनको शासनअनुरुप समाधान गर्ने आन्त्रिक मामिला हो’ दूतावासकी प्रवक्ता आना रिची–एलेनले भनिन् । 
प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए । सो विषयलाई लिएर यसअघि भारत र चीनले पनि यो नेपालको आन्तरिक मामिला रहेको आशय राखेका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप