शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हड्डी कमजोर, मुख गन्हाउनेः उच्च प्रोटिनयुक्त खाना खाँदा शरीरलाई हुन्छ यी ७ हानी

शुक्रबार, १७ पुस २०७७, ०७ : ४७
शुक्रबार, १७ पुस २०७७

प्रोटिनले हाम्रो शरीरको क्षतीलाई रिकभर गर्न मद्दत गर्छ । यो दिमागको हाइपोथ्यालामसका लागि पनि राम्रो हुन्छ जसले हाम्रो स्मरण शक्तिलाई तीक्ष्ण बनाउने काम गर्छ । तर दैनिक रुपमा उच्च प्रोटिनयुक्त खाना खाँदा केही हानी पनि हुन्छ । त्यसैले प्रोटिन डाइट लिनेहरुलाई आफ्नो शरीरका लागि दैनिक कति प्रोटिनको आवश्यकता पर्छ त्यसबारे थाहा हुन जरुरी छ । उच्च प्रोटिन डाइट हाम्रो शरीरका लागि कति हानिकारक छ भन्ने बारे जानकारी लिऔं । 

बोन डिसअर्डरः

बोन डिसअर्डर हड्डीसँग जोडिएको एउटा रोग हो । सन् २०१३ मा लनिस डेलिमेरिसको नेतृत्वमा भएको अनुसन्धानले हाई प्रोटिन डाइटको अत्यधिक सेवन हाम्रो हड्डीका लागि खतरनाक साबित हुनसक्ने बताउँछ । मासु वा न्यूट्रिशनल सप्लिमेन्टबाट प्रोटिन लिनेहरु त झन् बढी सावधान हुनुपर्ने आवश्यक छ । 

वास्तवमा हाई प्रोटिन डाइटले शरीरमा पैदा भएको एसिड ‘लस अफ क्याल्सियम’ को समस्या पैदा गर्छ । यो हाम्रो हड्डीका लागि खतरनाक हुनसक्छ । यसमा रातो मासुको साटो हरियो सागसब्जीबाट पाइने प्रोटिनले हड्डी कमजोर हुने खतरा कम हुने र भाँच्चिने सम्भावना पनि कम रहने बताइएको छ । 

मुटुरोगको जोखिमः

जनावरबाट पाइने प्रोटिनले कोरोनरी हार्ट डिजिज (सीएचडी) को जोखिम बढाउँछ  अर्थात् यसले मुटुजन्य रोगको समस्या पैदा गर्ने गर्छ । यद्यपि, माछा, पोल्ट्री र कम डायट्री प्रोडक्टले यसको सम्भावना कम नै रहन्छ । 

मृगौलाको समस्याः

थुप्रै अनुसन्धानले यो बताइसकेको छ कि उच्च प्रोटिनयुक्त डाइटका कारण मानिसहरुमा मृगौलाको स्टोनको खतरा बढ्ने गर्छ । हार्वर्ड युनिभर्सिटीको एक रिपोर्ट अनुसार शरीरमा युरिक एसिड लेभल र जनावरबाट पाइने प्रोटिनको खपतले मृगौलामा पत्थरीको समस्या बढाउने गर्छ । त्यसैले मृगौलाको रोगसँग जुधिरहेकाहरुलाई सागपात खान सल्लाह दिइन्छ । 

क्यान्सरः

रातो मासुलाई हाई प्रोटिन डाइटको मुख्य स्रोत मानिन्छ । केही अनुसन्धानकर्ताका अनुसार रातो मासु खाँदा कोलोरेक्टल क्यान्सरको खतरा बढ्ने गर्छ । पुरुषमा यो समस्या अली बढी नै देखिन्छ । प्रोसेस्ड मीटको सेवन गर्नेहरु पनि सावधान हुन आवश्यक छ । शोधमा बताइए अनुसार कम समयका लागि मात्रै मांसपेशीलाई फाइदा पुर्याउने गर्छ । पछि गएर यसले पुर्याउने भनेको क्षती नै हो । 

मुखबाट दुर्गन्धः

अत्यधिक मात्रामा प्रोटिनको सेवन गर्दा मुखबाट दुर्गन्ध आउने समस्या बढ्न सक्छ । विशेषगरी यदि तपाईंले कार्बोहाइड्रेटमा प्रतिबन्ध लगाउनुभएको छ भने । हाई प्रोटिन डाइटले हाम्रो शरीर केटोसिस नामको मेटाबोलिक स्टेटमा चल्ने गर्छ जहाँ विशेष प्रकारको रसायन रिलिज हुन्छ जुन मुखको दुर्गन्धको सबैभन्दा ठूलो कारण हो । 

डिहाइड्रेशनः

सन् २००२ मा प्रकाशित एक अनुसन्धानका अनुसार शरीरमा प्रोटिनको मात्रा बढ्दा हाइड्रेशन लेभल खस्कन्छ । यदि शरीरमा पानीको पर्याप्त मात्रा नराख्ने हो भने डिहाइड्रेशनको खतरा बढ्ने गर्छ । पानीले तपाईंको शरीरलाई हाइड्रेट राख्नुका साथै शरीरबाट विषालु तत्व बाहिर निकाल्ने काम पनि गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप