आगामी तीन दिनको मौसम पूर्वानुमानः शनिबार र आइतबार हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
यसैगरी, महाशाखाले आज बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमानः
पौष १७ गते (शुक्रबार)
दिउँसोः प्रदेश १ र सुदूरपश्चिम प्रदेश का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिः प्रदेश १ , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
पौष १८ गते (शनिबार)
दिउँसोः लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली, प्रदेश न २ मा आंशिक बदली रहनुको साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै, सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का बर्षाको समेत सम्भावना रहेको छ ।
रातिः देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
पौष १९ गते (आइतबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको साथै पहाडी भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातिः देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भू भागमा हल्का हिमपातको साथै पहाडी भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको कामले गति लिन सकेन: महामन्त्री थापा
-
एक वर्षमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढ्यो
-
सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा
-
विद्रोहीद्वारा सुडानमा ४ सयभन्दा बढीको हत्या : राष्ट्रसंघ
-
आईसीसी पुरुष क्रिकेट समितिको अध्यक्षमा सौरभ गांगुली, अफगानिस्तानका महिला क्रिकेटरलाई विशेष सुविधा
-
आजदेखि अनलाइन मार्फत ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट प्रदान गरिँदै