अक्सफोर्डको खोप नेपाललाई ‘अनुकूल’
बेलायतले आपत्कालीन स्वीकृति प्रदान गरेको कोभिड–१९ विरुद्धको अक्सफोर्ड एस्ट्राजेनिकाको खोप ल्याउन नेपाललाई सहज हुने भएको छ । यो खोप भारतमा पनि उत्पादन हुने भएकाले नेपाल ल्याउन अनुकूल देखिएको हो ।
बेलायतको मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्टस् रेगुलेटरी एजेन्सी (एमएचआरए) ले बुधबार यो खोपलाई स्वीकृत गरिसकेको छ । भारतमा पनि जनवरी पहिलो साता यसले आपत्कालीन स्वीकृति पाउने सम्भावना छ ।
नेपालको पूर्वाधार र संरचनाअनुकूल २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने एजेडडी १२२२ खोप भारतमा कोभिसिल्डको नामबाट विश्व्कै सबैभन्दा ठूलो खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट आफ इन्डिया (एसआईआई) ले पनि उत्पादन गरिरहेको छ । नेपालले अन्य खोप पनि सिरमबाट ल्याउने गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र बेलायतका प्रधानमन्त्रसँग प्रत्यक्ष संवादलगायत कूटनीतिक पहल गरेर कोभिसिल्ड किनर वा जसरी भए पनि मुलुकमा भित्र्याउन सुरु गर्नुपर्ने विज्ञ बताउँछन् ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत