शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतका लागि नयाँ युगको सुरुवात

शुक्रबार, १७ पुस २०७७, ०६ : ५५
शुक्रबार, १७ पुस २०७७

बेलायत औपचारिक रुपमा युरोपेली संघ (इयू) बाट अलग भएको छ । आधा रात पछि बेलायत पूर्ण रुपमा इयूबाट अलग्गिएको हो । 

यो मौकामा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ३१ डिसेम्बर राती ११ बजे नै नयाँ सम्बन्धको सुरुवात हुन लागेको जानकारी दिए । उनले यसलाई एक नयाँ सुरुवात बताएका छन् । यो मौकामा उनले आफ्नो दायित्व पूर्ण रुपमा निर्वाह गर्ने बताएका छन् । 

बोरिस जोनसोनले ब्रेक्जिटको लामो प्रक्रिया अब समाप्त भएको पनि बताए । 

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले बेलायतले सधैं एक मित्रवत् र सहयोगी भूमिका निर्वाह गरेको बताए । 

यद्यपि, बेलायतका केही मन्त्रीले अबका केही दिन वा केही हप्तासम्म केही व्यवधानको स्थिती बनिरहने आँकलन गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप