आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलको राजश्व अनुसन्धान कार्यालयको हाताभित्र भारतीय कन्टेनरमा पेस्तोल

बिहीबार, १६ पुस २०७७, २१ : ०४
बिहीबार, १६ पुस २०७७

बुटवल । राजश्व अनुसन्धान कार्यालय बुटवलको हाताभित्र पेस्तोल फेला परेको छ ।

भारतीय नम्बर प्लेटको कन्टेनरबाट कम्पनी मेड पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उक्त कन्टेनर राजश्व अनुसन्धान सम्बन्धी मुद्धामा राजश्व अनुसन्धान कार्यालयको हाताभित्र रोकेर राखिएको थियो ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले जी जे ०६ ए जेड ६३५१ नम्बर प्लेट भएको कन्टेनरमा विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको विषेश टोली र राजश्व अनुसन्धान कार्यालयको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा  फेला परेको बताए । 

कन्टेनरकै एयर फिल्टरमा लुकाई राखेको अवस्थामा वेवली ३२ लेखेको पेस्तोल फेला परेको प्रहरीले बताएको छ ।घटनाबारे थप अनुसन्धान शूरु भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप