५१ किलोको माला लगाएर प्रभु साहले भने : प्रचण्ड र नेपाल प्रतिगमनकारी
सहरी विकास मन्त्री प्रभु साहले नेकपाका नेताद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल प्रतिगमनकारी रहेको टिप्पणी गरेका छन् । राज्यको अधिकार खोसेर आफ्नो हातमा लिने मानिस प्रतिगमनकारी हुने भएको र प्रधानमन्त्री केपी शर्मा ओलीले अब सम्पुर्ण अधिकार जनतामा दिएकाले उनी अग्रगमनकारी भुुमिकामा रहेको मन्त्री साहले प्रस्टयाए ।
सहरी विकास मन्त्रीको जिम्मेवारीपछि पहिलो पटक रौतहट आएका उनी बिहिवार गरुडास्थित आयोजित नेकपा ओली समूहको जिल्ला भेलामालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले नयाँ जनादेशका लागि संसद बिघटन गरेर चुनावको घोषणा गरेको बताए ।
‘संसद विघटन दुुई किसिमले हुन्छ एउटा हुन्छ एउटा पुर्वराजा ज्ञानेन्द्रले गरेका थिए जुन सबै अधिकार आफनो हातमा लिँदा जनताको आन्दोलनको बलमा संसद पुर्नस्थापना भएको थियो ।
अर्को नेपालका पुर्व प्रधानम्नत्रीहरु गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले नयाँ जनादेशका लागी संसद बिघटन गरेका थिए । देश संचालन गर्न कठिनाई हुने परिस्थितमा प्रधानमन्त्रीले अधिकार जनताको हातमा सुम्पेर चुनावबाट नयाँ जनादेश सहित देशले निकास पाउने गर्दछ,’ उनले भने ।
संसद विघटन आफैमा अग्रगमन भएको मन्त्रीसाहले तर्क छ । अनेक छलछाम गरी गत असारको पार्टीको बैठकको हस्ताक्षर किर्ते गरेर प्रचण्ड र नेपालले अबिश्वास प्रस्ताव दर्ता गरेको उनको दाबी छ ।
नेकपाको प्रदेश कमिटी जिल्ला कमिटी गठन भएको महिनौ बित्दा पनि नेकपाका केही महत्वकांक्षी नेताको गलत पवृतिको कारण एकपटक बैठक समेत बस्न नसकेको मन्त्री साहले प्रस्ट पारेका थिए ।
उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष बन्नुु अघि एमालेको अवस्था दयनीय थियो । तर ओली अध्यक्ष बनेपछि एमालेको अवस्था मजबुत मात्र भएन प्रचण्ड स्वंय यसै पार्टीमा आउनुभयो ।’
संसद बिघटनको मुद्दा अदालतमा विचाराधिन रहेका संबैधानिक होकी होइन छुट्याउने अधिकार न्यायलयको भएको मन्त्री साहले बताए ।
रौतहटको जनताको साथ र समर्थनले आफू अहिले सहरी विकास मन्त्रीको जिम्मेवारी पाएकोमा जनताको अपेक्षा र जनचाहना अनुसार विकासलाई गतिदिने मन्त्री साहले प्रतिवद्धता व्यक्त गरेका थिए ।
नेकपा ओलीनिकट जिल्ला भेलामा नेकपा प्रदेश २ का ईन्चार्ज सत्यनारायण मण्डल,सचिव सुमन प्याकुरेल,केन्द्रीय सदस्यहरु रेखा झा, अबुलकलाम आजाद,तुलसीराज गिरी,उद्धव रेग्मी,प्रदेश कमिटी सदस्य राजकिशोर यादव, उपेन्द्र साह,मनोज यादव, प्रदेश सांसद कुन्दन कुश्वाहा, प्रदेश सांसद ज्वाला कुमारी साह, लगायतले प्रधानमन्त्री ओलीले नेकपाकै केही नेताहरुको गद्धारीको कारण संसद बिघटन गर्न बाध्य भएको बताएका थिए ।
गरुडास्थित श्रीराम सुुगर मिलको प्रांगनमा आयोजित नेकपा ओली निकट जिल्ला कार्यकर्ता भेलामा हजारौं मानिसको सहभागिता रहेको थियो ।
कार्यक्रममा मन्त्री साहलाई नेकपा कार्यकर्ताहरुले ५१ किलोको फुलको माला लगाएर स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो
-
पोखराको फेवाताल किनारमा शनिबारदेखि सडक महोत्सव
-
बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा
-
त्रिविको ५० औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
-
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
-
१० बजे १० समाचार : नयाँ पार्टी घोषणाको तयारीमा रावल, बालेनसँग संवादमा रास्वपा