शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करिना–बिपाशाको जोडदार बहसदेखि शाहरुखको हात हालाहालसम्म, यी हुन् बलिउड सेलिब्रिटीको सबैभन्दा विवादित झगडा

बिहीबार, १६ पुस २०७७, १९ : २६
बिहीबार, १६ पुस २०७७

अन स्क्रिनमा सँगै देखिने सेलिब्रिटी एक–अर्कासँग उत्कृष्ट केमिस्ट्री सेयर गरेपनि यस्ता थुप्रै सेलिब्रिटी छन् जो आफ्नो को–स्टारसँग भएको झगडाका कारण निकै चर्चामा रहे । आउनुहोस् बलिउड सेलिब्रिटीका सबैभन्दा विवादित झगडा के हुन् त्यसबारे जानकारी लिऔं ।

करिना कपुर खान– बिपाशा बासुः

सन् २००१ मा रिलिज भएको मल्टिस्टारर फिल्म अजनबीमा करिना कपुर खान र बिपाशा बासुको मुख्य भूमिका रहेको थियो । यो फिल्मको सुटिङको क्रममा करिना र बिपाशाबीच थुप्रै पटक झगडा भएको थियो । एक पटक करिनाले झगडा भएका बेला बिपाशालाई ‘काली बिराली’ सम्म भनेको भारतीय सञ्चार माध्यमले बताउने गरेका छन् । साथै करिनाले बिपाशाका त्यतिबेलाका प्रेमी जोन अब्राहमको पनि मजाक उडाएकी थिइन् र यसका लागि पनि उनले थुप्रै जवाफ पाएकी थिइन् । यो क्याट फाइट पछि दुबै एक अर्कासँग कहिले पनि सँगै देखिएनन् । 

शाहरुख खान–सलमान खानः

ब्लकबस्टर फिल्म करण अर्जुनमा दाजु–भाइको भूमिकामा देखिएका शाहरुख खान र सलमान खानको झगडा पनि निकै चर्चामा रहेको थियो । कट्रिना कैफको जन्मदिनमा शाहरुख खानले सलमानकी पूर्व प्रेमिका ऐश्वर्या रायमाथि मजाक गरेका थिए जसलाई सलमानले सहन सकेनन् र दुईबीच बहजबाजी सुरु भयो । त्यहाँ उपस्थित मानिसहरुले दुबैलाई छुट्याए । यद्यपि, उनीहरुले त्यसको थुप्रै वर्षसम्म एक अर्काको अनुहार पनि हेरेनन् । अब बिस्तारै उनीहरुबीच पुनः कुराकानी हुन थालेको छ । यी दुईलाई फिल्म जिरोको एउटा गीतमा सँगै देखिएको थियो । 

कंगना रनोट–ऋतिक रोशनः

कृष थ्रीमा सँगै देखिएका ऋतिक रोशन र कंगना रनोटको सम्बन्ध पनि निकै चर्चामा थियो । तर केही समयपछि नै यी दुईबीच झगडा सुरु भयो । कंगनाले ऋतिकको सबै मेल सार्वजनिक गर्दै उनीमाथि थुप्रै संगीन आरोप लगाएकी थिइन् यद्यपि, ऋतिकले यो मामिलामा कुनै प्रतिक्रिया दिएका थिएनन् । 

शाहरुख खान–शिरिष कुन्दरः

फिल्म रा–वनको रिलिजको केही समयपछि शाहरुख खान र फराह खानका श्रीमान् शिरिष कुन्दरबीच एक पार्टीमा झगडा भएको थियो । त्यतिबेला शाहरुखले शिरिषमाथि हातसमेत उठाएका थिए । पार्टीमा भएका मानिसहरुका अनुसार शिरिषले रा–वन फिल्मको मजाक उडाउँदै यो १५० करोड रुपैयाँको एउटा पटाका भएको बताएका थिए । यो कुराले शाहरुख खानलाई रिस उठ्यो र शिरिषलाई झापड हानेका थिए । झगडापछि शाहरुख र फराह खानको दोस्ती पनि समाप्त भएको थियो । 

करण जोहर–कंगना रनोटः

फिल्म रंगूनपछि करण जौहरको च्याट शोमा पुगेकी कंगना रनोटले उनकै अगाडि उनलाई नेपोटिजमको झण्डा गाडिदिने व्यक्ति भनिदिइन् । कार्यक्रममा त करणले यो कुराको कुनै प्रतिक्रिया दिएनन् तर पछि यो मामिला निकै ठूलो भयो । थुप्रै प्रोमोशनल कार्यक्रम र अन्तर्वार्तामा करण र कंगनाले एक अर्काविरुद्ध थुप्रै अपमानजनक कुरा भनेका थिए । सुशान्त सिंह राजपूतको मृत्युपछि कंगनाले करणमाथि नेपोटिजम र क्याम्प चलाएको आरोप लगाएकी थिइन् । 

सलमान खान–विवेक ओबरोयः

सलमान खानसँग ब्रेकअप भएपछि ऐश्वर्या रायले विवेक ओबरोयलाई डेट गरेकी थिइन् । यो कुराबाट रिसाएका सलमान खानले विवेकलाई लगभग ४१ पटक फोन गरेको बताइन्छ । यतिबेला सलमानले विवेकलाई हत्या गरिदिने धम्कीसमेत दिएको बताइन्छ । सलमान खानसँग आजित भएर विवेकले एक पत्रकार सम्मेलन राखेका थिए जसमा उनले धम्की र बारम्बार फोन गरेको कुरा खुलासा गरेका थिए । त्यसपछि नै दुईबीच दुश्मनी सुरु भएको थियो । पछि विवेकको बलिउड करियर पूर्ण रुपमा ध्वस्त भयो र यसका लागि सलमान खान जिम्मेवार मानिन्छ । विवेकले सलमान खानसँग माफी पनि मागेका थिए तर सलमानले उनलाई अझैसम्म माफी दिएका छैनन् । 

अरिजित सिंह– सलमान खानः

एक अवार्ड कार्यक्रमका बेला अरिजित सिंहले स्टेजमा सलमानबाट अवार्ड लिँदै गर्दा उनको फिल्मको मजाक उडाएका थिए । सलमान खानले त्यतिबेला त कुनै प्रतिक्रिया दिएनन् तर पछि दुईबीच वाक्युद्ध सुरु भयो । सलमान खानको फिल्म सुल्तानको गीत जग घुमेया सुरुमा अरिजित सिंहले गाएका थिए तर झगडाका कारण सलमानले उनको गीत अस्विकार गर्दै राहत फतेह अली खानको आवाज प्रयोग गरेका थिए । यसै कुरामा अरिजित पनि निकै रिसाएका थिए । गायकले सोसल मिडियामार्फत् सलमान खान र आफ्नो ठाकठुकबारे लेखेका पनि थिए । 


  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप