नेपाल प्रहरीका सईबिरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, १६ पुस २०७७, १७ : ५९
काठमाडौं । घुससहित पक्राउ परेका प्रहरी नायब निरीक्षक (सई) सिकन्दरप्रसाद कानु बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीबिरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । सप्तरीको प्रहरी चौकी तिलाठीमा कार्यरत कानुलाई अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले ५० हजार घुससहित पक्राउ गरेका थियो ।
प्रहरीले नियन्त्रणमा लिएको मोटरसाईकल फिर्ता दिने बहानामा उनले ५० हजार घुस मागेको आयोगले जनाएको छ । उनीबिरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन–०५९ अनुसार ५० हजार बिगो माग दाबी लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस