बिहीबार, २९ कात्तिक २०८१
ताजा लोकप्रिय

लुम्बिनी सुगरमिल सञ्चालकका पारिवारिक सदस्य प्रहरीको नियन्त्रणमा

बिहीबार, १६ पुस २०७७, १३ : ३२
बिहीबार, १६ पुस २०७७

काठमाडौं । पारिवारिक अंशबण्डाको विवाद रहेको भनिएको लुम्बीनी सुगर मिलकी सञ्चालिका सुशीला गोयलको पारिवारिक सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  सुशीलाका जेठाजु मनोज अग्रवाललाई प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको हो । अग्रवाललाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिममा उपस्थित गराईने जिप्रका पर्साका डिएसपी मनोजित कुँवरले रातेपाटीलाई बताए । 

लुम्बिनी सुगर मिलकी सञ्चालिका सुशीला गोयलको नाममा अदालतबाट पक्राउ अनुमति जारी भएको छ । गोयल बिरुद्ध सुनवलका चारजना उखु किसानले जाहेरी दिएका छन् ।  सुशीलाका जेठाजुसँग केही कुरा बुझ्नुपर्ने भएको हुनाले बीरगञ्जबाट बोलाईएको पश्चिम नवलपरासीका एसपी अजय केसीले बताए । उनले भने– ‘उँहासँग केही बुझ्नुपर्ने छ, त्यसैले बोलाएका हौं ।’ 

लुम्बिनी सुगर मिलले अहिलेसम्म २ करोड रुपैयाँ किसानलाई वितरण गर्नेगरी जम्मा गरेको छ । लुम्बिनीले उखु किसानलाई ७ करोड बक्यौता तिर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप