बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मानिसको शरीरमा नै हुन्छ विद्युत

लोडशेडिंग हुँदा तपाईं बिजली गयो भन्नु कत्ति ठीक ?
बिहीबार, १६ पुस २०७७, १२ : ५२
बिहीबार, १६ पुस २०७७

बेला मौका झ्याप्प लोडशेडिंग हुँदा तपाईं बिजली गयो भनेर मूड अनुसारको अभिव्यक्ति पोख्नु हुन्छ।  विज्ञानका दृष्टिले बिजुली गयो भन्नु सर्वथा असत्य कुरा हो किनकि बिजली / विद्युत नभएको ठाउँ नै हुँदैन। अनि यो सबै ठाउँमा भएको कुरा अन्यत्र कतै जान कसरी सक्छ ?

लोडशेडिंग हुँदा भन्नु पर्ने वाक्य 'सप्लाई' मार्फत म कहाँ आउने विद्युत प्रसारण रोकिएको छ प्रयोग गर्नुपर्ने हो  ।  किनकि तपाईं जहाँ भए पनि त्यहाँ विद्युत हुन्छ।  बाहिरी वातावरणमा मात्रै होइन तपाईंको शरीरभित्र अंग प्रत्यंग, कोशिका कोशिकामा विद्युत हुन्छ।

सोच्नुस त विद्युत नभए  तपाईंको शरीररूपी मेसीन कसरी काम गर्न सक्छ ? तपाईंले हिँड्डुल गर्न  मात्रै होइन, केही अनुभव गर्नलाई यहाँसम्म कि केही सोच विचार गर्नलाई पनि विद्युत नै आवश्यक हुन्छ।

शरीरको 'नर्भस सिस्टम' ( nervous  system ) विद्युत मार्फत नै शरीरदेखि मस्तिष्कमा  र मस्तिष्कदेखि शरीरका अंग प्रत्यंगसम्म सूचना, सन्देश , 'सिग्नल्स' प्रवाहित गर्छ।  स्पष्ट रूपमा भन्न सकिन्छ शरीरका प्रत्येक कोशिकामा विद्युत उत्पादन, भण्डारण, खपत र वितरण हुने प्रक्रिया भइरहन्छ।

सैद्धान्तिक रूपमा विज्ञानसंग यो जानकारी भए पनि शरीरमा हुने विद्युत प्रवाहलाई नाप्न सकिएको थिएन तर अब वैज्ञानिकहरुले यसलाई नाप्ने उपाय खोजेका छन्। यूनिभर्सिटी अफ शिकागोका वैज्ञानिकहरुले शरीरका कोशिकामा उत्पादन  भई प्रवाहित हुने विद्युत नाप्ने प्रविधि पत्ता लाएका छन्। यस प्रविधिले कोशिकाभित्र प्रवेश गरी शरीरका विभिन्न अंगमा उत्पादन हुने विद्युत मापन गर्न सक्छ ।  यसका साथै यस प्रविधिबाट शरीरका अंगहरुलाई आफ्नो कार्य सम्पादन गर्न कति विद्युत आवश्यकता हुन्छ त्यो पनि जान्न सकिन्छ।

अनुसन्धान टोलीमा संलग्न वैज्ञानिक आनंद स्वामीनाथन भन्छन्- अहिलेसम्म हामी कोशिकाभित्रको 'माइटोकान्ड्रिया' (mitochondria ) लाई नै विद्युत उत्पादन हुने 'पावर हाउस' सम्झिरहेका थियौं तर नयाँ खोजले कोशिकाको बाहिरी आवरण 'मेम्ब्रेन' (membrane) मै विद्युत उत्पादन हुने  थाहा भएको छ।  नयाँ खोजले विद्युत उत्तपादन र प्रसारणमा  'मेम्ब्रेन'को महत्त्वपूर्ण भूमिका हुने तथ्य प्रमाणित भएको छ।

शिकागो यूनिवर्सिटीको 'द कृष्णन ल्याब'का  अनुसन्धानकर्ताले यति साना 'सेन्सर्स' बनाउने सफलता पाएका छन् जुन 'सेन्सर' कोशिकाभित्र प्रवेश गरी गतिशील हुन सक्छन्।  यी 'सेन्सर्स'ले कोशिकाभित्र गतिशील रहँदा त्यहाँ उत्पादन र खपत हुने विद्युतको मापन गर्न सक्छन्। 

कोशिकामा हुने 'सेलुलर मेम्ब्रेन' ( cellular  membrane) 'प्लाज्मा मेम्ब्रेन'  लगायत भित्री मेम्ब्रेनहरु फस्फेट (phosphate) ग्रुपका 'ग्लाइसेरल' (ग्लिसरॉल) र फ्याटी एसिड (fatty  acid) बाट बनेका हुन्छन्।  यी 'मेम्ब्रेन' लाई 'आयन च्यानल्स' (ion  channels) भनिन्छ।

 यी 'च्यानल्स' नै कोशिकाका ढोका सदृश्य  हुन्छन्।  यिनकै  मार्फत 'चार्ज्ड आयन'  (charged  ions)  भित्र बाहिर गर्छन्।

हाम्रो शरीरमा  हुने विभिन्न तत्त्व जस्तै सोडियम, पोटाशियम, कैल्सियम, म्यागनिशियम मा विद्युतीय  'चार्ज हुन्छ'।  कोशिकाको 'मेम्ब्रेन'ले यिनै तत्त्वमा रहेको विद्युतीय  चार्ज (यो नै चार्ज्ड आयन हो ) बाट विद्युत उत्पादन गर्छन्।

शरीरभित्रको विद्युत नाप्ने यस प्राविधिलाई 'वोल्टेयर' ( voltair) नामकरण गरिएको छ।  यसको निर्माण 'डीएनए' बाट भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप