आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कुनै महामारीले साम्राज्य समाप्त गरिदियो, कुनैले अमेरिकाको ९० प्रतिशत जनसंख्या; कोही भने ७०० वर्ष पछि पनि अनियन्त्रित

बिहीबार, १६ पुस २०७७, ०९ : ०९
बिहीबार, १६ पुस २०७७

गत वर्ष नोभेम्बरमा चीनको ऊहानमा एउटा भिन्न प्रकारको फ्लू फैलिरहेको थियो । ठिक एक वर्ष अघि सन् २०१९ को डिसेम्बर ३१ मा डब्ल्यूएचओले यसलाई भाइरल निमोनिया बतायो । यही भाइरल निमोनिया हामी माझ कोभिड–१९ को रुपमा फैलियो । तीन महिना पछि ११ मार्चमा डब्ल्यूएचओले यसलाई महामारी घोषित गरिदियो । कोरोनाका कारण हालसम्म १८ लाखको मृत्यु भइसकेको छ । 

२०२० लाई हामी अहिलेसम्मको सबैभन्दा खराब वर्ष मानिरहेका छौं तर वास्तविकता यो हो कि मानिसको हज्जारौं वर्षको इतिहासमा यस्ता थुप्रै वर्ष बितेका छन् जसमा कुनै न कुनै महामारी फैलियो र करोडौंको ज्यान गयो । जस्टिनियल प्लेगले करिब १५ सय पहिलो एक साम्राज्य नै समाप्त गरिदियो । यस्तै १५ औं शताब्दिमा ठेउलाले अमेरिकाको ९० प्रतिशत जनसंख्याको ज्यान लिएको थियो । करिब सय वर्ष अघि स्प्यानिस फ्लूले ५ करोडभन्दा बढीको मृत्यु भएको थियो । आउनुहोस्, यस्तै १० महामारीबारे जानकारी लिऔं ।

१. एन्टोनियन प्लेट । वर्ष १६५

रोममा फैलिएको रोगले राजासमेत ५० लाख जनता मारिए

इतिहासको पानालाई पल्टाउने हो भने वर्ष १६५ मा पहिलो पटक महामारी फैलिएको थियो । त्यसलाई एन्टोनियन प्लेज नाम दिइयो । रोमका सेना मेसोपोटामियाबाट फर्किएका बेला उनीहरुमार्फत् नै यो संक्रमण रोममा आएको बताइन्छ । यसका कारण रोममा दैनिक दुई हजारको मृत्यु भइरहेको थियो । वर्ष १६७ वर्ष अघि यो संक्रमणबाट रोमनका सम्राट लुसियस वेरसको पनि मृत्यु भएको थियो । त्यतिबेला यो महामारीले करिब ५० लाखको मृत्यु भएको थियो । 

२. जस्टिनियन प्लेग । वर्षः ५४१

एन्टोनिय प्लेगपछि जस्टिनियन प्लेग महामारीको रुपमा फैलिएको थियो । यो महामारी वर्ष ५४१ मा एशिया, उत्तरी अफ्रिका, अरब र युरोपमा फैलिएको थियो । तर यसको सबैभन्दा धेरै असर पूर्वी रोम साम्राज्य बाइजेन्टाइनमा पर्यो । यो महामारीले ५ करोडको ज्यान लिएको थियो । यो त्यतिबेलाको संसारको कूल जनसंख्याको आधा हिस्सा थियो । यो रोग यति खतरनाक थियो कि यसले बाइजेन्टाइन साम्राज्य नै समाप्त भएको थियो । 

३. द ब्ल्याक डेथ । वर्षः १३४७–१३५१

युरोपकाम यति जनसंख्याको मृत्यु भयो कि त्यति जनसंख्या हुन २ सय वर्ष लाग्यो

सन् १३४७ देखि १३५१ बीच  अर्को एउटा महामारी फैलियो । यसलाई ब्यूबोनिक प्लेग नाम दिइयो । यसको सबैभन्दा बढी असर युरोप र एशियामा भयो । त्यतिबेला धेरैजसो कारोबार समुद्री बाटोबाटै हुने गर्दथयो । समुद्री जहाजमा मुसा अत्यधिक हुने गर्दथे । यही मुसामार्फत् झिङ्गामा र झिङ्गामार्फत् यो रोग फैलिँदै गयो । यो रोगले त्यतिबेला २० करोडको ज्यान लिएको थियो । युरोपमा मात्रै यति जनसंख्याको मृत्यु भयो कि उसले १३४७ अघिको जनसंख्याको स्तरमा पुग्नका लागि २ सय वर्ष लागेको थियो । त्यसैले यसलाई ब्ल्याक डेथ पनि भनिन्छ । ब्यूबोनिक प्लेग वा ब्ल्याक डेथ अहिलेसम्म पनि निर्मुल भएको छैन । 

४. स्मलपक्स । वर्षः १४९२

युरोपबाट आएको रोगले अमेरिकाका ९० प्रतिशतको ज्यान लियो

१४९२ मा युरोपियन अमेरिका पुगे । उनीहरुको प्रवेशसँगै अमेरिकामा स्मलपक्स अर्थात् ठेउलाको संक्रमण फैलियो । यो रोगद्वारा संक्रमित १० मध्ये ३ जनाको मृत्यु हुने गर्दथ्यो । यसले दुई करोड अमेरिकीको मृत्यु भएको थियो जुन त्यतिबेलाको अमेरिकाको कूल जनसंख्याको ९० प्रतिशत हिस्सा थियो । यसले युरोपेलीलाई फाइदा पुर्यायो । उनीहरुले यहाँ खाली स्थान पाए र उनीहरुले आफ्नो कोलोनी बसाउन सुरु गरे । ठेउला अहिले पनि निर्मुल भएको छैन । बीबीसीको रिपोर्ट अनुसार यसले हालसम्म ३५ करोडभन्दा बढीको ज्यान लिइसकेको छ । १७९६ मा डाक्टर एडवर्ड जेनरले यो रोगको भ्याक्सिन बनाए । 

५. हैजा । वर्षः १८१७

यस्तो महामारी जुन भारतमा जन्मियो र अमेरिका–अफ्रिकासम्म फैलियोः

१८१७ मा संसारमा हैजा नामको रोग फैलियो । यसलाई कोलेरा पनि भनिन्छ । यो भारतमा जन्मिएको रोग थियो । यो रोग गंगा नदीको डेल्टामार्फत् एशिया, युरोप, उत्तरी अमेरिका र अफ्रिकासम्म फैलिएको थियो । फोहोर पानी पिउनु यो रोगको कारण थियो । यो रोगका कारण त्यतिबेला १० लाखको मृत्यु भएको थियो । डब्ल्यूएचओका अनुसार अहिले पनि हरेक वर्ष १३ देखि ४० लाख बीचका मानिसहरु यो रोगको चपेटमा आउँछन् । अहिले पनि यो रोगले हरेक वर्ष १.५ लाखको ज्यान लिइरहेको छ । 

६. स्प्यानिस फ्लू । वर्षः १९१८

५ करोड ज्यान लिने फ्लू

सन् १९१८ मा फैलिएको फ्लूको महामारीलाई स्प्यानिस फ्लू पनि भनिन्छ । यो पछिल्लो ५०० वर्षको इतिहासको सबैभन्दा खतरनाक महामारी थियो । यो महामारीले त्यतिबेला संसारको एक तिहाई जनसंख्या अर्थात् ५० करोड मानिस संक्रमित भएका थिए । संसारभरी यसले ५ करोडभन्दा बढीको मृत्यु भएको छ । यो रोग यति अचम्मको थियो कि यसले सबैभन्दा धेरै स्वस्थ्य मानिसहरुको मृत्यु गराइरहेको थियो । यो भाइरस आज पनि हामीबीच छ र हरेक वर्ष मानिसलाई संक्रमित गराउँछ । 

७. एशियन फ्लू । वर्षः १९५७

हङ्गकङबाट सुरु भएको रोगले संसारभरीका ११ लाख मानिसको ज्यान लियो

यो रोग फेबुअरी १९५७ मा हङ्गकङमा सुरु भएको थियो । यो रोग पूर्वी एशियाबाट निस्एिको भएर यसलाई एशियन फ्लू भनिन्छ । यो रोग केही महिना भित्रै थुप्रै देशमा फैलियो । यसले संसारभरीका ११ लाखभन्दा बढीको मृत्यु भएको थियो । 

८. हङ्गकङ फ्लू । वर्षः १९६८

यो चिनियाँ फ्लूले यस्ता मानिसहरुलाई शिकार बनायो जो पहिलेदेखि नै बिरामी थिए

१३ जुलाई १९६८ मा यो फ्लूको पहिलो केस हङ्गकङमा भेटियो । यसैकारण यसलाई हङ्गकङ फ्लू भनिन्छ । यद्यपि, केही जानकारका अनुसार यो चीनबाट हङ्गकङमा आएको थियो । भाइरस भेटिएको केही महिना भित्रै यो भियतनाम, सिंगापुर, भारत, अमेरिका र युरोपसम्म पुग्यो । यो भाइरसले ६५ वर्ष माथिकाको ज्यान लिइरहेको थियो । पहिलेदेखि नै कुनै रोगद्वारा ग्रसित मानिसलाई यसले बढी संक्रमित गरिरहेको थियो । यो रोगका कारण संसारभरीका १० लाखभन्दा बढीको मृत्यु भएको थियो । 

९. एचआईभी एड्स । वर्षः १९८१

चिम्पाञ्जीबाट फैलिएको रोग आजपनि हरेक वर्ष लाखौं मानिसहरुको ज्यान लिइरहेको छ

१९८१ मा एचआईभी भाइरस फैलियो जसर्ला ह्यूमन इम्युनो डिफिसियन्सी भाइरस भनिन्छ । यो भाइरसले मानिसमा एड्स नामको रोग फैलन्छ । यो रोग अफ्रिकी देश कंगोको राजधानी किन्शासाबाट सुरु भएको थियो । यो रोगको उत्पत्तिको कारण ३० वर्षपछि पत्ता लागेको थियो । यो रोग चिम्पाञ्जीमार्फत् मानिसमा फैलियो । यो रोगले अहिलेसम्म ३.५ करोडभन्दा बढीको ज्यान लिइसकेको छ । डब्ल्यूएचओका अनुसार सन् २०१९ मा एड्सले करिब ६.९० लाखको ज्यान लिइसकेको छ । यसको अहिलेसम्म कुनै असरदार उपचार पाउन सकिएको छैन । 

१०. स्वाइन फ्लू । वर्षः २००९

डब्ल्यूएचले १ वर्ष भित्रै यसलाई महामारीको सूचीबाट हटाएको छ तर आज पनि यो घातक छ

अप्रिल २००९ मा स्वाइन फ्लूको पहिलो मामिला मेक्सिकोमा देखिएको थियो । त्यसपछि १३ मे मा भारतमा स्वाइन फ्लको पहिलो मामिला देखियो । ११ जून २००९ मा यसलाई महामारी घोषित गरियो । यो भाइरस सुँगुरमार्फत् मानिसमा सरेको हो । अगस्ट २०१० मा डब्ल्यूएचओले यसलाई महामारी नभएको घोषणा गरेको थियो । तर अहिले पनि यो रोग हामीबीच छ । स्वाइन फ्लूबाट संसारभरी अहिलेसम्म ५.५ लाखभन्दा बढीको ज्यान गइसकेको छ । यसै वर्ष सेप्टेम्बरसम्म भारतमा ४४ मानिस यो रोगद्वारा संक्रमित भएर मृत्युवरण गरिरहेका छन् । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप