सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

अनुष्काले बताइन् कसरी लुकाइन् आफ्नो गर्भावस्था, के छ अबको योजना

बिहीबार, १६ पुस २०७७, ०७ : १५
बिहीबार, १६ पुस २०७७

बलिउड नायिका अनुष्का शर्मा र विराट कोहली चाँडै नै आमा–बुवा बन्ने तयारीमा छन् । अनुष्का आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो बेबी बम्पसहितको तस्बिर साझा गर्छिन् । हालै उनले एक म्यागजिनसँग आफ्नो गर्भावस्था र आफ्नो बच्चाका लागिग उनको योजनाबारे कुराकानी गरेकी छिन् । 

अनुष्काले भनिन्, ‘एक तरिकाले यो महामारी भिन्न तरिकाले आशीर्वाद नै भयो हाम्रो लागि । विराट पूरा समय मसँग थिए र मैले यसलाई लुकाउन सफल भएँ ।’

उनले थपिन्, ‘हामी डाक्टरलाई भेट्नका लागि मात्रै बाहिर निस्कने गर्दथ्यौं । सडकमा कोही पनि हुँदैनथे, कसैले हामीलाई रोक्ने, प्रश्न सोध्ने गर्दैनथे ।’

उनले गर्भावस्थाको सुरुवाती समय स्मरण गर्दै भनिन्, ‘गर्भावस्थाको सुरुवाती दिनमा म बुलबुलको प्रोमोशनको क्रममा एक जूम भेटघाटमा थिएँ । मलाई अचानक असहज महसुस भयो ।  त्यसपछि मैले तुरुन्त भिडियो कल काटिदिएँ र उक्त भेटघाटमा सरिक भएका भाइ कर्णेशलाई मेसेज गरेर जानकारी दिएँ ।’

आफू स्टुडियोको सेटमा हुँदा अरुले यसबारे थाहा पाएको हुनसक्ने अनुष्काले अनुमान गरेकी छिन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by VOGUE India (@vogueindia)

लकडाउनको क्रममा अनुष्का जेन्डर न्यूट्रल नर्सरी डिजाइन गर्न व्यक्त भएको बताइन् । 

 

उनले भनिन्, ‘केटाहरुले निलो र केटीहरुले गुलाबी रङ लगाउनुपर्छ भन्ने कुरामा म विश्वास गर्दिनँ । मेरो नर्सरीमा हरेक प्रकारको रङ छ ।’ मेरो नर्सरीको थीम जनावरमा आधारित छ । 

‘मलाई र विराट दुबैलाई जनावर मनपर्छ र हामी चाहन्छौं कि हाम्रो बच्चानमा पनि त्यहि समिप्यता होस् । उनीहरु हाम्रो जीवनको एउटा ठूलो हिस्सा हुन् र हामीलाई विश्वास छ कि यसरी हामी बच्चालाई दया र साथ सिकाउन सक्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप