अनुष्काले बताइन् कसरी लुकाइन् आफ्नो गर्भावस्था, के छ अबको योजना
बलिउड नायिका अनुष्का शर्मा र विराट कोहली चाँडै नै आमा–बुवा बन्ने तयारीमा छन् । अनुष्का आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्नो बेबी बम्पसहितको तस्बिर साझा गर्छिन् । हालै उनले एक म्यागजिनसँग आफ्नो गर्भावस्था र आफ्नो बच्चाका लागिग उनको योजनाबारे कुराकानी गरेकी छिन् ।
अनुष्काले भनिन्, ‘एक तरिकाले यो महामारी भिन्न तरिकाले आशीर्वाद नै भयो हाम्रो लागि । विराट पूरा समय मसँग थिए र मैले यसलाई लुकाउन सफल भएँ ।’
उनले थपिन्, ‘हामी डाक्टरलाई भेट्नका लागि मात्रै बाहिर निस्कने गर्दथ्यौं । सडकमा कोही पनि हुँदैनथे, कसैले हामीलाई रोक्ने, प्रश्न सोध्ने गर्दैनथे ।’
उनले गर्भावस्थाको सुरुवाती समय स्मरण गर्दै भनिन्, ‘गर्भावस्थाको सुरुवाती दिनमा म बुलबुलको प्रोमोशनको क्रममा एक जूम भेटघाटमा थिएँ । मलाई अचानक असहज महसुस भयो । त्यसपछि मैले तुरुन्त भिडियो कल काटिदिएँ र उक्त भेटघाटमा सरिक भएका भाइ कर्णेशलाई मेसेज गरेर जानकारी दिएँ ।’
आफू स्टुडियोको सेटमा हुँदा अरुले यसबारे थाहा पाएको हुनसक्ने अनुष्काले अनुमान गरेकी छिन् ।
लकडाउनको क्रममा अनुष्का जेन्डर न्यूट्रल नर्सरी डिजाइन गर्न व्यक्त भएको बताइन् ।
उनले भनिन्, ‘केटाहरुले निलो र केटीहरुले गुलाबी रङ लगाउनुपर्छ भन्ने कुरामा म विश्वास गर्दिनँ । मेरो नर्सरीमा हरेक प्रकारको रङ छ ।’ मेरो नर्सरीको थीम जनावरमा आधारित छ ।
‘मलाई र विराट दुबैलाई जनावर मनपर्छ र हामी चाहन्छौं कि हाम्रो बच्चानमा पनि त्यहि समिप्यता होस् । उनीहरु हाम्रो जीवनको एउटा ठूलो हिस्सा हुन् र हामीलाई विश्वास छ कि यसरी हामी बच्चालाई दया र साथ सिकाउन सक्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान