शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नर्वेमा पहिरोः कम्तीमा २१ जना बेपत्ता, थुप्रै घर नष्ट

बिहीबार, १६ पुस २०७७, ०५ : ५९
बिहीबार, १६ पुस २०७७

नर्वेको एक गाउँमा पहिरो जाँदा १० जना घाइते भएका छन् भने २१ जना बेपत्ता भएको खबर प्रकाशित छ । थुप्रै घर माटोमा मिलेका छन् । 

लगभग ७ सय जनालाई नर्वेको गेजरड्रम गाउँबाट सुरक्षित बाहिर निकालिएको छ । यो गाउँ राजधानी ओस्लोबाट उत्तर–पूर्वमा लगभग २५ किलोमिटर टाढा छ । 

एक व्यक्ति गम्भीर रुपमा घाइते भएको खबर छ । प्रधानमन्त्री एर्ना सोलबर्गले हाल स्थिती निकै असामान्य भएको र हेलिकोप्टरबाटै राहत–उद्धार कार्य गर्न सकिएको जानकारी दिएका छन् । 

उनले पत्रकारसँग भने, ‘यो अकल्पनीय घटना हो ।’

सोसल मिडियामा उनले भने, ‘प्राकृतिक शक्तिले गेजरड्रमलाई कसरी बर्बाद गरिदियो, यो निकै दर्दनाक छ । मेरो समवेदना हरेक ती व्यक्तिसँग छ जो यो पहलोबाट प्रभावित भएका छन् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप