टर्कीमा पहिलो चरणको चिनियाँ खोप आयो

एजेन्सी । पहिलो चरणको कोरोनाभाइरस विरुद्धको चिनियाँ खोप टर्कीमा बुधबार भित्रिएको छ । चीनमा विकास गरिएको सिनोभ्याक ३० लाख मात्रा टर्कीको राजधानी अङ्करामा ल्याइएको अधिकारीहरूले जानकारी दिएका छन् ।
आधारभूत प्रक्रिया पूरा गरेपछि सो खोप आम नागरिकलाई लगाइदिने सरकारको योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
टर्कीका स्वास्थ्य मन्त्री फर्हेटिन कोकाले सामाजिक सञ्जाल ट्वीटर मार्फत खोप स्वदेश भित्रिएको र चाँडै नै जनताले पाउने जानकारी दिएका छन् । ‘परीक्षण सम्पन्न हुनासाथ जतिसक्दो चाडो यो खोप आम नागरिकलाई प्रदान गर्ने सरकारको योजना छ, हामी त्यही अनुसारको तयारी गरिरहेका छौँ’ उनले लेखेका छन् ।
टर्कीमा मङ्गलबार मात्रै थप १५ हजार ८०५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो भने अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या २१ लाख ७८ हजार ५८० पुगेको छ । कोरोनाका कारण टर्कीमा अहिलेसम्म २० हजार ३८८ जनाको मृत्यु भएको छ । तीमध्ये २५३ जनाको मङ्गलबार मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान
-
कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन
-
भीमा गुरुङ मृत्यु प्रकरण: एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने
-
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि
-
निरन्तरको कमजोर प्रदर्शनपछि प्ले–अफमा पुग्न सङ्घर्षरत मुम्बई र हैदराबाद आपसमा भिड्दै