शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा अत्यावश्यक बाहेकको यात्रा नगर्न आह्वान

बुधबार, १५ पुस २०७७, १९ : ४१
बुधबार, १५ पुस २०७७

एजेन्सी । चिनियाँ नागरिकलाई चाडपर्व मनाउन भन्दै अनावश्यक यात्रा नगर्न सरकारले आह्वान गरेको छ ।  चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले अत्यावश्यक यात्रा मात्रै गर्न सबैलाई आह्वान गरेको हो । नयाँ वर्ष लगायतका चाडवर्षको अवसरमा मानिसहरु धेरै आवत जावत गर्ने भएकाले यस पटक रमाइलोका लागि गरिने यात्रा नगर्न आह्वान गरिएको मन्त्रालयले जनाएको छ । 

कोरोनाभाइरसको महामारी फैलिइरहेका बेला यात्रा गर्दा महामारी थप फैलिन सक्ने भएकाले यात्रामा रोक लगाइएको उनीहरुको भनाइ छ ।  यात्रा गर्नु नै पर्ने भएमा उच्च सतर्कता अपनाउन र स्वास्थ्य मापदण्डहरुको पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

माक्स लगाउने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजरको प्रयोग गर्ने वा साबुन पानीले हात धुने जस्ता सतर्कता अपनाउन जोड गरिएको छ । मन्त्रालयले पर्यटकहरुलाई पनि महामारीबाट बच्नका लागि उच्च सतर्कता अपनाउन आग्रह गरिएको जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप