लुम्बिनी पुगे कुलमान घिसिङ, युनिभर्सल पिस केन्द्र निर्माणमा सहयोग
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ बुद्धको जन्मस्थल लुम्बिनीमा ‘महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस’ केन्द्र निर्माण अभियानमा ऐक्यबद्धता जनाएका छन् ।
लुम्बिनीमा बुधबार भएको कार्यक्रममा घिसिङले केन्द्रका परिकल्पनाकार श्यालपा तेन्जिङ रिन्पोचेलाई एक रुपैयाँ दान दिएर अभियानमा ऐक्यवद्धता जनाएका हुन् ।
लागि महत्त्वपूर्ण भएकाले निर्माणमा अपनत्व लिएर आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन् ।
नेपालमा एक रुपैयाँ र अन्यत्र एक अमेरिकी डलर दान अभियान चलाएर केन्द्रका संरचना निर्माण गर्न सुरु गरिएको छ । अभियान गत कात्तिकमा सुरु गरिएको थियो ।
कार्यक्रममा रिन्पोचेले सबैको सहभागिता र अपनत्व हुने गरी अभियानमार्फत केन्द्रको स्थापना गरेर लुम्बिनीलाई विश्व शान्तिको मुहान बनाउन लागिएको बताए ।
युनिभर्सल पिस केन्द्रमा दुई हजार बढी क्षमताको अन्तराष्ट्रियस्तरको सभाकक्ष, शान्ति वार्ता र ध्यान कक्ष, पुस्तकालय र संग्रहालय हुने छन् । विभिन्न मुलुकका सोधकर्ताहरु रहने खोज अनुसन्धान केन्द्र रहने छ । जसले प्राचीन र आनुधिक भाषामा लेखिएका बौद्ध धर्म सम्बन्धी पुस्तकहरुको संकलन, चर्चा, व्याख्या गर्नेछन् ।
जर्मन आर्किटेक्टले डिजाइन गरेको कमलको फूल आकारमा बनाउन लागिएको केन्द्र ३ वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य छ । केन्द्रको मुख्य आकर्षण सालको वृक्षमुनि मायादेवीको कोखबाट जन्मदै गर्नुभएको भगवान बुद्धको एउटा विशाल, सुन्दर र सबैको मन छुने मुर्ति राखिने गरी डिजाइन गरिएको छ । अत्याधुनिक प्रविधि र सामाग्रीहरु प्रयोग गरी निर्माण गरिने यस केन्द्रको आयु पाँच सय वर्षको हुनेछ भने आठ रेक्टर स्केलसम्मको भूकम्पले यसलाई कुनै क्षति गर्न नसक्ने गरी डिजाइन गरिएको बताइएको छ ।
महायानी संप्रदायलाई छुट्याइएको पश्चिम क्षेत्रको एक सय २० मिटर वर्गाकार प्लटमा दक्षिण कोरियाली विहार नजिक केन्द्र निर्माण भइरहेको छ । विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बी लगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने स्थलको रुपमा दुई वर्ष अघिबाट गुम्बाको निर्माण सुरु गरिएको हो । लुम्बिनीमा निर्माण गरिएको कोरियन गुम्बाको पछाडि यो केन्द्र निर्माण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका सय दिन : ६६६ जना बिचौलिया नियन्त्रण
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
-
स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
-
१०० बुँदे शासकीय सुधार कार्यान्वयनमा सरकार असफल, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण