सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

ओलीले नयाँ पुस्तालाई दिऔँ भन्दा प्रचण्डले हिम्मत गर्न सक्नुभएन : भट्ट

‘अहिलेको लिगेसी भनेको ओली नेतृत्वको नेकपा हो’
बुधबार, १५ पुस २०७७, १६ : ०४
बुधबार, १५ पुस २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (ओली पक्ष) का नेता लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै वैद्यानिक भएको दाबी गरेका छन् । राजधानीस्थित एक पार्टी प्यालेसमा आयोजित आफू निकटको भेलालाई सम्बोधन गर्दै भट्टले अहिलेको लिगेसी भनेको ओली नेतृत्वको नेकपा भएको दाबी गरेका हुन् ।

पूर्वमाओवादी नेतासमेत रहेका उद्योगमन्त्री भट्ट यतिबेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ को साथ छाड्दै ओली खेमामा देखिएका छन् । कार्यक्रममा उनले अध्यक्ष प्रचण्डको खुलेर आलोचना गरे ।

उनले भने, ‘प्रचण्डले सधैँ क्रमभङ्ग, धक्का अनि महाविपत्तिको सिद्धान्तको चर्चा गर्नुहुन्थ्यो । आज उहाँले महाविपत्ति ल्याउनुभएको छ । सडकमा गएर मच्चाइराख्नु भएको छ ।’

प्रचण्डले आफै अविश्वासको प्रस्ताव दर्ता गरेर अस्थिरता ल्याएको भन्दै अहिले सडकमा गएर फेरि आफै गणतन्त्र र संघीयता खतरामा परेरको भनेर कराउन थालेको भट्टले बताए । ‘उहाँ सडकमा गएर गणतन्त्र र संघीयता जान्छ भनेर भन्दै हुनुहुन्छ तर जालझेल षड्यन्त्र गरेर अविश्वास प्रस्ताव दर्ता चाहिँ त्यसले अस्थिरता ल्याउँछ कि ल्याउँदैन ?,’ उनको प्रश्न थियो, ‘समाजवाद ल्याउने कि सडकमा जाने ?’

प्रचण्ड र माधव नेपाल समुहले केवल पदका लागि पार्टी फुटाएको पनि भट्टले आरोप लगाए । ‘केपी ओलीले नयाँ पुस्तालाई दिऔँ भन्दा उहाँले हिम्मत गर्नु सक्नुभएन । उहाँले पदका लागि पार्टी फुटाएको हो,’ उनको भनाइ थियो ।

प्रचण्ड र माधव नेपाल समुह विचार र दृष्टिविहीन भएको आरोप लगाउँदै शान्तिप्रक्रिया आएपछि प्रचण्डले अहिलेसम्म एक दिन पनि घाइते, बेपत्ता र सहिद परिवार नसम्झिएको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप