शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघरमा नौमती बाजा बजाएर विरोध प्रदर्शन (फोटोफिचर)

बुधबार, १५ पुस २०७७, १५ : ५६
बुधबार, १५ पुस २०७७

काठमाडौं । संसद विघटनको विरोधमा बृहत नागरिक आन्दोलनले नौमती बाजा बजाएर प्रतिगमन विरुद्ध प्रदर्शन गरेको छ । बुधबार माइतीघर मण्डलामा महिला नौमती बाजा समूहले नौमती बाजा घन्काएर कार्यक्रममा सहभागी नागरिक समाज, बुद्धिजिवी, विभिन्न पेशा व्यावसायीहरुलाई साथ दिए ।

बृहत नागरिक आन्दोलनले यसअघि शंख एपिसोड र डम्फु एपिसोड सहित विरोध प्रदर्शन गरिसकेको छ । नागरिक आन्दोलनले संसद पुनर्स्थापनाको भएर जनताको सार्वभौम अधिकार जनतामै नआएसम्म आन्दोलनलाई निरन्तरता दिने जनाउँदै आएको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पुस ५ गते संसद विघटनको सिफारिस गरेलगत्तै राष्ट्रपति भण्डारीले त्यसको सदर गरी २०७८ साल वैशाख १७ र २७ गते आम निर्वाचनको घोषणा गरिसकेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप