शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुम्बई पुग्ने बित्तिकै कंगनाले भनिन्, ‘प्यारो शहर’: उर्मिलाले सोधिन्, ‘टाउको बजारिएर लडेकी थियौ ?

बुधबार, १५ पुस २०७७, १५ : २७
बुधबार, १५ पुस २०७७

महाराष्ट्र सरकारसँग वाकयुद्धका बेला मुम्बईलाई पाकिस्तान बताइसकेकी बलिउड नायिका कंगना रनौत एकपटक पुनः मायानगरी फिर्ता भएकी छिन् । मंगलबार उनी मुम्बा देवी र श्री सिद्धिविनायक मन्दिर पुगिन् र भगवानको अगाडि शीर झुकाएर आशीर्वाद लिइन् । केही महिना अघि मात्रै कंगनाले मुम्बईलाई तथानाम भनेकी थिइन् र महाराष्ट्र सरकारलाई तालिबान बताउने उनको ट्वीटरमाथि मज्जाले विवाद भएको थियो । 

कंगनाले ट्वीट गरिन्, ‘आफ्नो प्यारो मुम्बईका लागि उभिनका लागि मैले जति विरोधको सामना गर्नुपर्यो, त्यसले मलाई हैरानीमा पारेका छ । आज म मुम्बा देवी र श्री सिद्धिविनायक जी भएठाउँ गएर उहाँहरुको आशीर्वाद लिएँ । अब म सुरक्षित, प्रेमले भरिपुर्ण र पुनः स्वागत गरिएको  झैं महसुस गरिरहेको छु । जय हिन्द जय महाराष्ट्र ।’

उनको यो ट्वीट देखेपछि उर्मिला मातोंडकरले आफ्नो ट्वीटर ह्यान्डलमा मराठीमा ट्वीट गरिन्, ‘आफ्नो प्यारो शहर मुम्बईका लागि खडा हुनका लागि ? बहिनी, के हालै टाउको बजारिएर लडेकी थियौ ?

स्मरण रहोस्, सेप्टेम्बरमा कंगना र उर्मिलाको मज्जाले वाकयुद्ध चलेको थियो । उर्मिलाले कंगनालाई मुम्बईका लागि गरिएको उनको कमेन्ट र बलिउडमा ड्रग्सको प्रयोग गरिएको बारे मज्जाले हमला गरेकी थिइन् । 
ड्रग्स मामिलामा भनेकी थिइन् यसोः

उर्मिलाले एक अन्तर्वार्तामा भनिन्, ‘यदि कंगना ड्रग्सविरुद्ध लडाईं लड्न चाहन्छिन् भने उनले आफ्नो होम टाउनबाट हिमाचल प्रदेशबाट सुरुवात गर्नुपर्छ । ’ उर्मिलाले पूरा देश ड्रग्सको समस्यासँग झेलिरहेको र हिमाचल प्रदेश ड्रग्सका लागि उद्गम स्थल भएको बताएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप