भ्याली कोल्ड स्टोरका सञ्चालक अपहरणमा संलग्न ‘सोले कुमार’ पक्राउ
बुधबार, १५ पुस २०७७, १५ : ०४

काठमाडौं । भ्याली कोल्ड स्टोर सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न मध्येका एकजना फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारलाई भारतीय प्रहरीको सहयोगमा दार्जिलिङबाट पक्रेर काठमाडौं ल्याएको हो । तर, ब्युरोले उनलाई ईलामबाट पक्राउ गरेको दाबी गरेको छ ।
सर्लाही घर भएका दुर्गाबहादुर बुढाथोकीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले रातोपाटीलाई बताए । ०६५ मा बुढाथोकी सहितको समूहले रावललाई अपहरण गरेर १ करोड ५० लाख फिरौती पाएपछि अपहरण मुक्त गरेका थिए । अपहरणमा संलग्न अरु पाँचजना जेलमा छन् ।
सोले कुमार ०६४ मा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासत तोडेर भागेका थिए । अपहरण मुद्धामा उनलाई थप अनुसन्धान गरेर पुरक प्रतिवेदन पेश गरिने डिआइजी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय
-
महान्यायाधिवक्ताको कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचना
-
नेमकिपाको नयाँ नेतृत्व चयन मंगलबार
-
सर्लाहीको चक्रघट्टामा स्कारपियो पल्टिँदा चालकको मृत्यु
-
रुपन्देही सुनगाभा सैनामैना गोल्डकप : मुर्गिया फुटबल क्लबको विजयी सुरुवात