भ्याली कोल्ड स्टोरका सञ्चालक अपहरणमा संलग्न ‘सोले कुमार’ पक्राउ
बुधबार, १५ पुस २०७७, १५ : ०४
काठमाडौं । भ्याली कोल्ड स्टोर सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न मध्येका एकजना फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारलाई भारतीय प्रहरीको सहयोगमा दार्जिलिङबाट पक्रेर काठमाडौं ल्याएको हो । तर, ब्युरोले उनलाई ईलामबाट पक्राउ गरेको दाबी गरेको छ ।
सर्लाही घर भएका दुर्गाबहादुर बुढाथोकीलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले रातोपाटीलाई बताए । ०६५ मा बुढाथोकी सहितको समूहले रावललाई अपहरण गरेर १ करोड ५० लाख फिरौती पाएपछि अपहरण मुक्त गरेका थिए । अपहरणमा संलग्न अरु पाँचजना जेलमा छन् ।
सोले कुमार ०६४ मा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासत तोडेर भागेका थिए । अपहरण मुद्धामा उनलाई थप अनुसन्धान गरेर पुरक प्रतिवेदन पेश गरिने डिआइजी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण