एन्फाद्वारा आर्मी फुटबल क्लबलाई लाइसेन्स हस्तान्तरण
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई बुधबार एसियाली फुटबल महासंघ (एएफसी)ले दिएको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । आर्मी मुख्यालयमा भएको कार्यक्रममा नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाका अध्यक्ष शेर्पाले फिफा र एएफसीको सबै मापदण्ड पुरा गरी पाएको क्लव लाइसेन्सको प्रमाणपत्र आर्मीलाई हस्तान्तरण गरेका हुन् । सो प्रमाणपत्रलाई शेर्पाले आर्मीका प्रमुख पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् । विभिन्न मापदण्ड तोकिएकोमा पूरा गर्दै नेपालको शीर्ष डिभिजन लिग खेल्ने आर्मीलाई गत मंगलबार एएफसीले लाइसेन्स दिने निर्णय गरेको थियो ।
‘ए’ डिभिजन लिग खेलेका १४ टोली सबैले मान्यता लिन पत्रचार गरे पनि केही मापदण्ड पूरा हुन नसक्दा एएफसीले सबैलाई मान्यता दिएको थिएन । त्रिभुवन आर्मी क्लबले मान्यता पाँउदा नेपालको एक मात्र क्लबले अब एएफसीका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउने छ । क्लबले महादेशमै च्याम्पियन्स लिगपछिको ठूलो प्रतियोगिता एएफसी कप २०२१ खेल्ने छ ।
गत वर्ष सम्पन्न ‘ए’ डिभिजन लिग २०७६ मा आर्मी उपविजेता हो । एएफसीका प्रतियोगिता अन्तर्गत नेपालको हकमा ‘ए’ डिभिजन लिग च्याम्पियन क्लबले एएफसी कप खेल्न पाउँछ । एएफसीले यसपालिदेखि आफ्नो प्रतियोगितामा सहभागी हुनका लागि क्लब लाइसेन्स अनिवार्य गरेपछि विभिन्न शीर्ष डिभिजन क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’
-
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको गुण्डागर्दी : निर्वाचन प्रमुखलाई कोठामा थुनेर आगो लगाइयो, प्रहरीद्वारा उद्धार