धमाधम काममा फर्कंदै कलाकर्मी, भन्छन् ‘मामका लागि बाध्यता’
काठमाडौँ । कोरोना सङ्क्रमण र त्यसले निम्त्याउने जोखिम अहिले पनि यथावत नै छ । देशको चौतर्फी गतिविधि नियाल्ने हो भने लाग्छ मुलकमा कोरोना हटिसक्यो । विश्वका कतिपय मुलुकलाई हेर्ने हो भने कोरोना सङ्क्रमणको अवस्था दोस्रो फेजमा देख्न सकिन्छ । पहिलेको कोरोनाले हाहाकार मच्चाइरहेको वर्तमान समय बेलायतमा कोरना भाइरसको नयाँ डरलाग्दो रूप फेला परेको र त्यो तीव्र रूपमा फैलिइरहेको समाचारले विश्वलाई फेरि भयभित तुल्याएको छ । कतिपयले यसलाई खोप स्थापित गर्ने षड्यन्त्र बताउँछन् । कारण जेसुकै होस् पछिल्ला तथ्य–तथ्याङ्कहरुलाई हेर्दा भाइरसको यो नयाँ प्रजाति र त्यसको सङ्क्रमण नकार्ने स्थिति भने पक्कै छैन ।
बेलायतमा देखिएको नयाँ भाइरस उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि जर्मनी, फ्रान्स, स्पेन, स्विडेन, लेबनान र जापान लगायतमा देखापरेको समाचारबाट थाहा पाउन सकिन्छ ।
पहिलेको होस् वा अहिले बेलायतामा देखिएको नयाँ कोरोना दुवैको सङ्क्रमण गर्मीको तुलनामा जाडो महिनामा धेरै हुने स्वास्थ्यविज्ञहरु बताउँदैछन् । हाम्रो देशको कुरा गर्ने हो भने सार्वजनिक स्थान होस् वा प्राइभेट सबैतिरको हविगत तथा कोरोनाविरुद्ध जनस्वास्थ्यका नियमहरु पालनामा भयानक लापरबाही देखिएको छ । कोरोना अगाडिकै गतिमा देशको अर्थतन्त्रलगायत सबै गतिविधि फर्काउन सरकारले केही क्षेत्रबाहेक सबैक्षेत्र खुला गरेकाले पनि अहिले सबै काममा फर्किएका छन् ।
हाम्रो कलाक्षेत्रको कुरा गर्ने हो भने सरकारले फिल्म हल माथिको प्रतिबन्ध अझै हटाएको छैन । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर धेरै मानिस भिडभाड हुने अवार्डलगायत ठूला सभासमारोह नगर्न नगराउन अनुरोध गरिएको छ ।
वरिष्ठ कलाकार नीर शाह अहिले पनि कोरोनाको डर कायमै रहेको बताउँछन् । उनी अहिले सुटिङमा निकै व्यस्त छन् । उनको अभिनय रहने सिरियल ‘कुल खानदान’को सुटिङ भइरहेको छ । त्यसको अलवा उनी केही प्रोजेटको एक्सरसाइज पनि गर्दैछन् । उनी आफ्नो अहिलेका गतिविधिलाई कोरोनाको लापरबाही भन्दा पनि बिस्तारै चलायमान गराउने प्रयास बताउँछन् ।
तर कलाक्षेत्रमा भने अवार्डहरु आयोजना हुन थालेका छन् । फिल्म हल खोलिएका छन् । फिल्म, गीतसङ्गीत होस् वा सानोपर्दाका सबै कलाकर्मीको ब्यस्तता कोरोना कालभन्दा बढी रहेको देख्न सकिन्छ । के कोरोना सकिएको हो वा डर नभएको हो ?
वरिष्ठ कलाकार नीर शाह अहिले पनि कोरोनाको डर कायमै रहेको बताउँछन् । उनी अहिले सुटिङमा निकै व्यस्त छन् । उनको अभिनय रहने सिरियल ‘कुल खानदान’को सुटिङ भइरहेको छ । त्यसको अलवा उनी केही प्रोजेटको एक्सरसाइज पनि गर्दैछन् । उनी आफ्नो अहिलेका गतिविधिलाई कोरोनाको लापरबाही भन्दा पनि बिस्तारै चलायमान गराउने प्रयास बताउँछन् ।
‘हामी निडर भएर अहिले हिँडेको होइन र हिँड्नु पनि हुँदैन’ शाहले भने ‘कोरोना मात्र होइन कुनै पनि रोगसँग खेलबाड गर्नु हुँदैन ।’
स्वास्थ्यको ख्याल राख्नु आफ्नो पहिलो जिम्मेवारी रहेको बताउने शाह कोरोना होस् वा अन्य रोग, आफ्नो सतर्कता उत्तिकै रहेको बताउँछन् । ‘रोगप्रति चनाखो रहँदा रहँदै जीवनको सम्पूर्ण प्रक्रियामा पूर्णबिराम त दिनु भएन नि’ शाहले अगाडि थपे, ‘जिन्दगी चलायमान बनाउन पेसागत काममा फर्किएको हो ।’ आफ्नो सुटिङमा प्रशस्तै सुरक्षा अपनाउने गरिएको र कोरानाबाट अप्रिय घटना हुन नदिन सजग रहेको उनले सुनाए । शाहले हालै मदनकृष्ण श्रेष्ठसँग समेत फिल्म ‘पा’को सुटिङ सकाएका छन् ।
‘कोरोनासँग सतर्कता अपनाउनुपर्छ । त्योसँग अहिले पनि डराउनुपर्छ । कोरोना छैन भन्ने मानसिकता राख्नु हँुदैन । कोरोना छ । नयाँ कोरोना पनि आइरहेको छ’ शर्माले भने ‘आफ्नो जीवन पनि त नर्मल बनाउनुपर्यो नि । सधैँ डराएर मात्र जीवन चल्दैन ।’ कोही न कोही मानिस केही न केही रोगसँग लडिरहेको हुने तर्क राख्ने शर्मा कोरोनासँग पनि त्यसरी नै लड्नुपर्ने धारणा राख्छन् ।
शाहको जस्तै विचार अभिनेता तथा निर्देशक अशोक शर्माको पनि रहेको छ । उनी चलचित्र प्रदर्शक पनि हुन् । लामो समयदेखि बन्द रहेको चलचित्र घर गत १० गतेबाट उनी लगायतको पहलबाट सञ्चालनमा आएको छ । सरकारले भने चलचित्र घर सञ्चालन अनुमति दिएको छैन ।
‘कोरोनासँग सतर्कता अपनाउनुपर्छ । त्योसँग अहिले पनि डराउनुपर्छ । कोरोना छैन भन्ने मानसिकता राख्नु हँुदैन । कोरोना छ । नयाँ कोरोना पनि आइरहेको छ’ शर्माले भने ‘आफ्नो जीवन पनि त नर्मल बनाउनुपर्यो नि । सधैँ डराएर मात्र जीवन चल्दैन ।’ कोही न कोही मानिस केही न केही रोगसँग लडिरहेको हुने तर्क राख्ने शर्मा कोरोनासँग पनि त्यसरी नै लड्नुपर्ने धारणा राख्छन् ।
फिल्म क्षेत्र चलायमान बनाउन पनि आफूहरुले चलचित्र घर सञ्चालनमा ल्याएको शर्माले सुनाए । ‘अहिले फिल्म हलमा १५, २० जना र शनिबार केही बढी दर्शक देखिएका छन्’ शर्मा थपे ‘नियमित हल खोल्ने र नयाँ फिल्म हाल्ने हो भने यो क्षेत्र चलायमान हुन्छ । केही दिनको हल सञ्चालनले त्यो देखाएको छ ।’ शर्मा फिल्म प्रदर्शकको अलवा वितरक तथा निर्माता, निर्देशक पनि हुन् । उनी फिल्म ‘रातो टीका निधारमा’ निर्माणको तयारी गर्दैछन् ।
अभिनेत्री करिष्मा मानन्धर पनि अहिले काममा फर्किएकी छन् । उनी ‘मुन्द्रे कमेडी क्लब’को अलवा अन्य केही प्रोजेटमा व्यस्त छिन् । रोग नर्बिएर सजगताका साथ काम गरिरहेको उनी बताउँछन् ।
‘कामै नगरी सधैँ डराएर जीवन चल्दैन’ करिष्माले भनिन्, ‘जीवन सक्रिय राख्न आफ्नो काममा फर्किनुपर्छ ।’ भिडभाड नगरी, स्वास्थ्य सुरक्षा अपनाएर काम गरिरहेको उनी सुनाउँछिन् । उनले थपिन्, ‘नचाहँदा नचाहँदै भिडभाड हुन्छ । हामीले रोग बिर्सनु भएन । झन् नयाँ रूपमा आएको छ ।’
कलाकारसमेत रहेका लोक गायक कस्तुप पन्तको पनि व्यस्तता पहिलेभन्दा अहिले झन् धेरै छ । केही दिनअगाडि ‘जिन्दगी पानीको फोका’, ‘जिन्दगी घामछाया’ गीत भिडियोसहित ल्याएका उनी अहिले छिट्टै नयाँ लोकदोहोरी ल्याउने कसरतमा छन् । जसका लागि उनले गायक गायिका कुलेन्द्र विश्वकर्मा र सङ्गीता अधिकारीको स्वर समेट्दैछन् । गीत रेकर्ड मात्र होइन म्युजिक भिडियो बनाउनेसम्म उनको दौडधुप रहने गरेको छ । कोरोनाको डरैडरमा बाध्यता र विवसताले अहिले काम गर्नु परिरहेको पन्त सुनाउँछन् ।
‘आफ्नो काममा फर्कन जस्तो सुकै चुनौती सामाना गर्नुपरे तयार छु’ पन्तले भने ‘अहिलेको समय काममा फर्कनुको विकल्प रहनेछ । कोरोना सकिएको भने होइन ।’
पत्रकारबाट निर्देशक बनेका सुव्रतराज आचार्यले पछिल्लो केही समयमा १५ म्युजिक भिडियोको काम सकाएका छन् । त्यसको सम्पादन र नयाँको तयारीले उनलाई सास फर्ने फुर्सद छैन । कोरोनाको कहर नघटे पनि आफू काममा फर्कनु, आफ्नो बाध्यता रहेको उनी बताउँछन् ।
हास्यकलाकार जितु नेपाल अहिले कमेडी सो ‘मुन्द्रे कमेडी क्लब’को अलवा अन्य केही काममा व्यस्त छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर उनी नेपालगञ्ज कार्यक्रममा लिएरसमेत जाँदैछन् । उनी पनि कोरोनालाई चुनौती दिएर आफू काम फर्किएको मान्दैनन् ।
‘धेरै समय हामी चुप लागेर बस्यौँ । अब पनि चुप बस्ने हो भने हामी चल्न सक्दैनौँ’ उनले थपे ‘कोरोनाको कहरमा पनि थोरै व्यक्तिको सहभागितामा स्वास्थ्य सुरक्षा अपनाएर काम गर्न सकिँदो रहेछ ।’
‘मेरो एक पटक स्वास्थ्य पेसासँग सम्बन्धित रिलेटिभ भेट भएको थियो । उहाँले हामीले कोरोना भएको लाखौँ मानिस हेरिसकेका छौँ । हाम्रो टिमलाई अहिलेसम्म कोरोना लागेको छैन । हामी पन्जा, मास्क खोल्दैनौँ । दूरी मेन्टेन गर्छाैं र घरमा जाँदा पनि सुरक्षित जान्छौँ’ सुव्रतले ती आफन्तको कुरा सम्झँदै भने, ‘आफन्तले भनेझैँ काम गरिरहेको छु ।’ अहिलेसम्म कुनै युनिटका सदस्यमा कोरोना नदेखिएको आचार्यले बताए ।
हास्यकलाकार जितु नेपाल अहिले कमेडी सो ‘मुन्द्रे कमेडी क्लब’को अलवा अन्य केही काममा व्यस्त छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर उनी नेपालगञ्ज कार्यक्रममा लिएरसमेत जाँदैछन् । उनी पनि कोरोनालाई चुनौती दिएर आफू काम फर्किएको मान्दैनन् ।
‘डर नभएको हैन । तर कति डराउनु भनेर काममा फर्किएको हो,’ नेपालले भने ‘हिजोअस्ति सबै घरमा थिए । लकडाउन पनि थियो । हामी निस्किएका थिएनौँ । अहिले सबैक्षेत्र खुलिसक्यो । नाराजुलुसका भिडभाडसमेत हुन थालेका छन्’ । काम नगरी घरमा बसेर पनि जीवन चल्न नसक्ने नेपालले सुनाए ।
हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’ पनि आफ्नो व्यस्तता अहिले पहिलेभन्दा बढी भएको बताउँछन् । कोरोनाका कहर नसकिएको राम्रोसँग बुझेका उनी नयाँ सिरियलको, म्युजिक भिडियो सुटिङ तयारी गर्दैछन् । उनी स्टेज सो, फिल्मको सुटिङ, विज्ञापन चलचित्रल गायत काम गरिरहेका छन् ।
‘सुरक्षित भएर काम गरिरहेका छौँ । कामै नगरी बाच्न पनि गाह्रो छ,’ उनले भने ‘हाम्रो पेसामा एक व्यक्तिको कामसँग धेरैको रोजीरोटी जोडिएको हुन्छ । त्यसैले पनि काम गर्नैपर्ने बाध्यता छ ।’ काठमाडौँ बसाइ, यहाँको महँगीमा काम नगरी बाँच्न नसकिने उनको भनाइ रहेको छ ।
म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेलाई पनि पछिल्लो समय खाने र बस्नेसमेत फुर्सद छैन । राजेश हमालदेखि अहिले चलेका, नचलेका र नयाँ कलाकारसँग उनी काम गरिरहेका छन् । उनको कामको गति हेर्ने हो भने कोरोनाको आभाष गर्ने समेत फुर्सद देखिँदैन ।
आफ्नो कामको रफ्तार रोजीरोटीसँग जोडिएको उनी बताउँछन् । ‘अहिले कोरोना छैन भन्न मिल्दैन । अहिले जाडोमा यो अझ शक्तिशाली होला’ पाण्डेले भने, ‘काम नगरी माम मिल्दैन । सावधानी अपनाएर काम गरिरहेका छौँ ।’ कोरोनासँग डराएरभन्दा पनि सामाना गरेर अगाडि बढ्नुपर्ने तर्क उनको रहेको छ ।
राजेश हमाललाई लिएर भर्खरै दुई म्युजिक भिडियो गरेका पाण्डेले यो साता मात्र ५ म्युजिक भिडियो बनाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने
-
कुनै पनि उडान प्रभावित नपार्न पाइलटहरुलाई निगमको अनुरोध
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते