बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सांस्कृतिक पर्वहरूले आपसी सहिष्णुता र राष्ट्रिय एकता : प्रदेश प्रमुख शेरचन

बुधबार, १५ पुस २०७७, ०९ : ३४
बुधबार, १५ पुस २०७७

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले तमु (गुरुङ) समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ल्होसार/ल्होछार, किराँत समुदायको उधौली पर्व तथा नेवार समुदायको यःमरी पुन्ही एवं ज्यापु दिवसको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

प्रमुख शेरचनले आज एक शुभकामना सन्देशमा सांस्कृतिक पर्वहरूले आपसी सहिष्णुता र सद्भाव एवं राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै ल्होसार÷ल्होछार, उधौली तथा यःमरी पुन्हीको अवसरमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता र समृद्धिका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन् ।

तमु समुदायले ल्होसार/ल्होछारलाई नयाँ वर्षको रूपमा मनाउँदै आएका छन् । च्यू ल्हो (मुसा वर्ग)को बिदाइ र ल्वों ल्हो (गाई वर्ग)को आगमनको खुशीयालीमा एकापसमा शुभकामना साटासाट गरी तमु समुदायले यो पर्व मनाउने गर्दछन् ।

 यसैगरी किराँत समुदायले अन्नबाली भित्र्याएको खुशीयालीमा उधौली पर्व मनाउँदै आएका छन् भने नेवार समुदायले मनाउने यःमरी पुन्ही पनि यसपालि तमु ल्होसार र उधौलीसँगै एकै दिन परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप