शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानका पूर्व रक्षा तथा विदेशमन्त्री ख्वाजा आसिफ पक्राउ

बुधबार, १५ पुस २०७७, ०६ : ०५
बुधबार, १५ पुस २०७७

पाकिस्तानका पूर्व विदेश तथा रक्षामन्त्री ख्वाजा आसिफ भ्रष्टाचारको मामिलामा पक्राउ परेका छन् । 

ख्वाजा आसिफ पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी मुस्लिम लिग (नून) का वरिष्ठ नेता हुन् । 

पाकिस्तानको नेशनल एकाउन्टिबिलिटी ब्यूरो (न्याब) ले उनलाई राजधानी इस्लामाबादबाट पक्राउ गरेको हो । 

उनलाई आयभन्दा बढी समपत्ति राखेको भन्दै पक्राउ गरिएको हो । 

न्याबका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा ख्वाजालाई पक्राउ गरिएको पुष्टि गर्दै उनलाई मंगलबार राती रावलपिन्डि न्याबको कार्यालयमा राखिने र बुधबार बिहान न्याब अदालतबाट ट्रान्जिट रिमान्ड हासिल गरेपछि लाहौर लगिने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप