बैंकिङ कसुर मुद्दामा निर्माण व्यवसायी पक्राउ
मङ्गलबार, १४ पुस २०७७, २३ : १९
काठमाडौं । बैंकिङ कसुर मुद्दामा प्रहरीले निर्माण व्यवसायी श्यामकुमार श्रेष्ठलाई पक्राउ गरेको छ । काठमाडौं नागार्जुन नगरपालिका घर भएका ५२ वर्षीय श्रेष्ठ जय बाबा गोरख कन्स्ट्रक्सन प्रालिका सञ्चालक हुन् ।
श्रेष्ठ विरुद्ध १ करोड ३६ लाखको चेक अनादर मुद्दा महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता भएको थियो । समानान्तर निर्माण सेवा प्रालिका निरोजकुमार थपलियाले दिएको जाहेरी दर्ता भएपछि श्याम कुमार सम्पर्क बिहिन भएका थिए ।
महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सितापाईलाबाट पक्रेको हो । उनीमाथि थप अनुसन्धानका लागी महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री आरजुको भारत भ्रमण अनिश्चित
-
अनेरास्ववियुको सम्मेलन चैत मसान्तमा
-
रोजगारी सिर्जनामा संस्थागत विद्यालयहरूको भूमिका महत्त्वपूर्ण : मेयर कोइराला
-
विदेशमा श्रम गर्दा ज्यान गुमाएका नेपालीको सम्झनामा काठमाडौँमा दीप प्रज्वलन, तस्बिरहरू
-
कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह
-
संविधान पालना गर्नु सबैको दायित्व हो : प्रदेश प्रमुख देवकोटा