शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एकै दिनमा ५३ हजार भन्दा बढी संक्रमित

मङ्गलबार, १४ पुस २०७७, २३ : ०४
मङ्गलबार, १४ पुस २०७७

लन्डन । बेलायतमा कोरना संक्रमितको संख्या महामारी शुरु भएयाताकै सबैभन्दा बढी रहेको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले जानकारी दिएको छ । बेलायतमा संक्रमित संख्याले दैनिक जसो नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घन्टामा ५३ हजार १३५ जना नयाँ कोरोना संक्रमित थपिएपछि अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको हो ।

हिजो सोमबार नयाँ रेकर्ड कायम भएको भनिएपनि आज सार्वजनिक संख्या दश हजार भन्दा बढी रहेको छ । सोमबार सार्वजनिक तथ्याँक अनुसार ४१ हजार ३८५ नयाँ संक्रमित थपिएका थिए । यससँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या २३ लाख ८२ हजार ८६५ पुगेको छ । संक्रमित संख्यामा वृद्धि भएसँगै यहाँका अस्पतालहरुमा संक्रमितको चाप तीव्र रुपमा बढेको छ । अस्पतालमा भर्ना हुनेको संख्या पनि महामारी शुरु भएयाताकै सबैभन्दा बढी पुगेको स्वास्थ्य नेशनल हेल्थ सर्भिसले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ४१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा ७१ हजार ५६७ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ । पछिल्लो २४ घन्टामा मात्र दुई हजार ३२२ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । हाल बेलायतका अस्पतालमा २१ हजार भन्दा बढीको उपचार भैरहेको छ भने एक हजार ५२९ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

बेलायतमा हालसम्म छ लाख १६ हजार भन्दा बढीलाई फाइजर(बायोएनटेकद्वारा विकसित खोप दिइसकेको सरकारी तथ्याँकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप