आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आमा बलात्कार गर्ने छोरालाई जन्मकैदको फैसला

मङ्गलबार, १४ पुस २०७७, २२ : १३
मङ्गलबार, १४ पुस २०७७

दमौली । आमालाई जबर्जस्ती करणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो ।

ती पुरुषलाई हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती करणीमा नौ वर्ष कैदको फैसला भएको जिल्ला श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । अन्दाजी ४७ वर्षीया महिलालाई छोराले विगत केही वर्षदेखि जबर्जस्ती करणी गर्दै आएका थिए । मादकपदार्थ सेवन गरी जबर्जस्ती करणी गर्दै आएकामा सहन नसकेपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप