शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कृषि विकास बैङ्कका सीईओ उपाध्याय बने बैङ्कर्स संघको उपाध्यक्ष

एसबीआईका डे र माछापुच्छ्रेका कोइराला सदस्य
मङ्गलबार, १४ पुस २०७७, २१ : ३४
मङ्गलबार, १४ पुस २०७७

काठमाडौं । नेपाल बैङ्कर्स संघको उपाध्यक्षमा कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायमा निर्वाचित भएका छन् । संघको मंगलबार सम्पन्न भएको साधारणसभाले रिक्त उपाध्यक्षमा उपाध्यायलाई निर्वाचित गरेको हो ।

अघिल्लो वर्ष भएको अधिवेशनबाट निर्वाचित उपाध्यक्ष अनुकुल भटनाकर नेपाल एसबीआई बैङ्कबाट बाहिरिएपछि संघमा सो पद रिक्त थियो । त्यस्तै, कार्यसमिति सदस्य रहेका गोविन्द गुरुङ बाहिरिएपछि एउटा सदस्य समेत रिुक्त थियो ।

भटनाकरको ठाउँमा यसअघि सञ्चालक समितिका सदस्य रहेका उपाध्याय गएपछि थप एकजना सदस्य पद समेत रिक्त भएको थियो । सो पदमा निवर्तमान उपाध्यक्ष भटनाकरको स्थानमा आएका नेपाल एसबीआई बैङ्कका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डे र माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्वाचित भएका छन् ।

भुवन दाहालको अध्यक्षतामा रहेको यस संघमा दोस्रो वरियतामा संघका निवर्तमा अध्यक्ष तथा ज्ञानेन्द्र ढुंगाना रहेका छन् । उपाध्यक्षमा उपाध्याय र सदस्यहरुमा अन्य सदस्यहरुमा अनुपमा खुञ्जेली, जनक शर्मा पौड्याल, कृष्ण बहादुर अधिकारी, रमेशराज अर्याल र सुनिल केसी रहेका छन् ।

संघको सल्लाहकारमा पूर्व अध्यक्ष समेत रहेका अनिल शाह र अशोक राणा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप