प्रदेश नं १ मा २५३ सङ्क्रमित निको
मङ्गलबार, १४ पुस २०७७, २० : ४५

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २५३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यसरी निको हुनेमा होमआइसोलेसन तथा विभिन्न कोभिड अस्पताल रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्या २७ हजार ८७० पुगेको छ ।
यसैगरी प्रदेशमा सोही अवधिमा ४२१ जनाको पिसिआर परीक्षण गरिएकामा १२ महिला र १८ पुरुष गरी ३० जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । थप हुनेमा मोरङमा १५ मध्ये विराटनगरमा पाँच, झापा र सुनसरीमा चार÷चार र प्रदेश बाहिरका सात जना रहेका छन् । यस प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ७२९ पुगेको छ । प्रदेशमा अहिलेसम्म दुई लाख आठ हजार १५८ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि सुरु हुने महिला विश्वकपमा ४८ टोली सहभागी हुने
-
युरोपेली शीर्ष नेताहरूको युक्रेन भ्रमण : युक्रेनप्रति गहिरो ऐक्यबद्धता प्रकट
-
राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुके : पूर्वसभामुख रानाभाट
-
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई के भने ?
-
बुद्ध किन पूर्णिमाको दिन जन्मे ?
-
‘सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर छ’