शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्राविधिक तहको विज्ञापन स्वास्थ्य सेवा ऐन विपरीत : संघ

मङ्गलबार, १४ पुस २०७७, २० : ३४
मङ्गलबार, १४ पुस २०७७

काठमाडौं—लोकसेवा आयोग बागमती प्रदेशले प्राविधिक तहको विज्ञापन स्वास्थ्य सेवा ऐन विपरीत खुलाएको हेल्थ असिस्टेन्ट संघ नेपालले जनाएको छ । प्राविधिक स्वास्थ्य सेवा तर्फको पाँचौ तहको खुला तथा समावेशी तर्फको विज्ञापन न्युनतम शैक्षिक योग्यता कानुनअनुसार नभएको हेल्थ असिस्टेन्ट संघ नेपालले सूचना प्रकाशन गरेर ध्यान आकर्षण गराएको छ ।

आयोगले पुस १३ गते प्रकाशित गरेको विज्ञापनमा प्राविधिक स्वास्थ्य सेवा तर्फको पाँचौ तहको खुला, समावेशीविज्ञापनमा सिअनमी, क.न.र प.हे.न र सिअहेब, हेई समूहको  पदका लागि चाहिने न्युनतम शैक्षिक योग्यता कानुनअनुसार नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ । स्वास्थ्य सेवा तर्फको विज्ञापन गर्दा स्वास्थ्य सेवा ऐन २०५३ र स्वास्थ्य सेवा नियमावली २०५५ मा भएको व्यवस्था अनुसार गर्नुपर्छ ।

स्वास्थ्य सेवा नियमावलीमा पाँचौ तहको खुला तर्फका पदका लागि हेल्थ इन्स्पेक्सन लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सामा प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्छ । स्टाफ नर्स, जनरल नर्सिङ कम्युनिटी नर्सिङको लागि नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था रहेको संघद्धारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । आयोगले निकालेको विज्ञापनमा शैक्षिक योग्यतामा भएको गल्ती सच्याउन संघले माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप