तीन महिनाभित्र संसद पुनःर्स्थापना गरेरै छाड्छौ: घनश्याम भूसाल

बुटवल । नेकपा प्रचण्ड माधव पक्षका नेता घनश्याम भुसालले तीन महिना भित्रमा संसद पुनःर्स्थापना गरेरै छाड्ने दाबी गरेका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले आज बुटवलमा आयोजित प्रदर्शनपछिको कोणसभालाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
असवैधानिक कदम लामो समय नटिकेको प्रसंग स्मरण गर्दै पूर्वमन्त्री समेत रहेका भुसालले बढीमा तीन महिनाभित्र संसद पुनःर्स्थापना हुने दावी गरे । लोकतन्त्रको संरक्षक सर्वोच्च अदालत भएको भन्दै उनले सर्वोच्चले लोकतन्त्रमा विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यत गरे । प्रधानमन्त्रीको कदमविरुद्ध आफुहरुको आन्दोलन कुनै पनि हातलमा नरोकिने बरु हेरक ठाउँमा बढ्दै जाने दाबी गरे । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर ३ करोड नेपालीहरुको अधिकारलाई अपमान गरेको समेत बताए ।
नेपालमा कुनै पनि प्रतिगमन नटिकेको उल्लेख गर्दै उनले २०१७ सालमा राजाले गरेको प्रतिगमन ३० वर्ष पछि जनताले फिर्ता ल्याएको स्मरण गरे । त्यस्तै २०६१ सालमा राजा ज्ञानेन्दले चालेको प्रतिगमनलाई पनि नेपाली जनता सडक आएर तीन वर्षमै फिर्ता गरिदिएको उनल स्मरण गरे । अहिले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन पनि तीन महिनाभित्र नेपाली जनताहरुले फिर्ता गरेरै छाड्ने दावी उनले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र म्यानमारबिचको खेल हेर्न रंगशालामा भिड (तस्बिरहरू)
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो