स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

काठमडौं । कोरोनाभाइरस कोभिड—१९ संक्रमित बिरामीको उपचार गर्ने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले कात्तिक र मंसिर महिनाको जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । स्वास्थ्य मन्त्रालयले असोजसम्मको सबै रकम निकासा गरे पनि कात्तिक र मंसिर महिनाको रकम अस्पतालहरुले नपाउँदा स्वास्थ्यकर्मीहरु भत्ता पाउनबाट बञ्चित भएका हुन् ।
मन्त्रालयले कोभिड—१९ संक्रमितको उपचार गर्ने अस्पतालहरुलाई ५९ करोड ३७ लाख ४१ हजार रुपैयाँ निकासा गरिसकेको छ । तर, मन्त्रालयले बिरामीको केस अनुसार अस्पताललाई रकम दिने भएकाले संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएका हुन् ।
बिरामीको केसका आधारमा मन्त्रालयबाट रकम अस्पताललाई आउने भएकाले स्वास्थ्यकर्मीलाई नियमित तलब मात्रै दिने गरेको पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले बताए । अस्पतालमा चैतयता नन्-कोभिड बिरामीको संख्या घटेकाले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकेको उनले बताए ।
विगतको तुलनामा कोभिडसँगै नन्-कोभिड बिरामीको संख्या क्रमशः बढ्दै गएको उनले सुनाए । यता वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले मन्त्रालयले केसका आधारमा पठाएको रकमबाट संक्रमितको उपचारमा लाग्ने खर्चबाट बचेको रकमले स्वास्थ्यकर्मीलाई नियमित तलब दिने गरेको बताए ।
सरकारले सामान्य संक्रमितलाई ३५ सय, लक्षणसहितका बिरामीलाई ७ हजार र आईसीयु तथा भेन्टिलेटरमा बसेका बिरामीलाई १५ हजारका दरले रकम पठाउने गरेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डाक्टर समीरकुमार अधिकारीका अनुसार कात्तिक र मंसिरको रकमका लागि अर्थमन्त्रालयसँग बजेट माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा
-
आज २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बोलकबोल गर्दै राष्ट्र बैंक
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?