शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आन्दोलनको पुरानै शैलीः राजनीतिक दललाई मसला, जनतालाई सकस

मङ्गलबार, १४ पुस २०७७, १२ : ३१
मङ्गलबार, १४ पुस २०७७

भक्तपुर । ‘केपी तिम्रो पाराले दुःख पाए साराले’ भनेर मुलुकमा आजभोली पार्टीहरुको विरोध कार्यक्रम गर्दा जनताले दुःख पाउन सुरु भएको छ ।  सडकनै ढाकेर राजनीति दल र तिनका कार्यकर्ताहरुले जुलस र विरोध कार्यक्रम गरिरहदाँ तेही सडक भएर यात्रा गर्ने सर्वधारण घण्टौं  जाममा बस्न बाध्य हुन थालेका छन् ।

 एम्बुलेन्स, दमकलजस्ता सवारी साधनले गलत वा घुमाउरो बाटो हुँदै गन्तव्यमा जानुपर्ने भएको छ ।  अर्को तर्फ कोरोनाको महामारीबाट थलिएको देशमा केही गरौं भन्ने आशाको त्यान्द्रो बोकेर व्यवसाय गर्ने सोच बनाएका युवाहरु चिन्तित हुन थालेका छन् ।  सोमबार बिहान १२ बजे राधेराधे चोकमा नेपाली काँग्रेसका कार्यकर्ता र नेताहरु विरोध प्रर्दशनको भेला हुँदै थिए । 

मध्यपुरथिमिको शखंद्यर चोक नजिकैको आकाशे पुलमा पूर्वदिशाबाट आउदैं गरेको जुलसलाई हेर्न सर्वसाधारण रेलिङ समाएर बसे ।  सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाउँपालिका वडा नम्बर ५ का विनोद प्रधान पनि तेही थिए । लामो समय दुवईमा श्रम गरेर नेपाल आएर केही गर्ने नयाँ सोचका गाउँमा नै उनले कृषि र्फम खोलेका छन् ।  तर, विडम्वना उनलाई आजभोली केही दिन यता मुलुकको राजनीति अवस्था देखेर छट्पटि हुन थालेको छ । 

काँग्रेसको विरोध जुलुसको तस्विर लिन आकाशे पुलमा रातोपाटीकर्मी पुग्दा विनोदले गरेका केही कुरा साच्चै नेपाल धेरै युवाहरुको प्रतिनिधी आवाज जस्तो लाग्यो ।  ‘मैले गाउँमा नै कृषि फर्म खोले, काँग्रेस र नेकपाको राजनीतिले मलाई काम गर्न सकस भयो, उनले भने हिम पाइप मागेको थिए तर, दिएनन् सर ।’

हाम्रो पार्टीको त्यसको पार्टीको भन्ने, एउटा दे भन्ने अर्काले नदिने त्यस्तै भयो, विनोद भन्छन् । दर्ता, बीमा, करलगायतका धेरै कुरा सकस रहेछ पाएको गुनासो विनोदले पोखे । सामान्य नागरिकले काम गर्छु भन्दा पनि सरकारी निकाय कर्मचारीले दिने दुःख र मुलुकको राजनीतिले मन अमिलो भएको विनोदको भनाई छ ।  विदेशमा कमाएको केही पैसाले नेपालमा काम गर्छु भनेर आएको यहाँको अवस्था उस्तै छ, कहिल्यै यो देश सुर्धने भएन, विनोदले भने । 
आन्दोलनको पुरानै शैली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निर्वाचनको घोषणा गरेपछि देशभरका सबै निर्वाचन क्षेत्रमा सोमबार काँग्रेसले विरोध कार्यक्रम आयोजना गरेको थियो ।  अरनिको राजमार्ग अन्तरगतको अति व्यस्त भक्तपुरबाट काठमाडौंतर्फ जाने मुल सडकमा नै काँग्रेसले विरोध प्रर्दशन भन्दै जुलस गर्यो । काभ्रेबाट काठमाडौ आउँदै गरेको एक एम्बुलेन्स गलत ट्रयाक हुँदै कोटेश्वरतर्फ लाग्यो । मुल सडकनै जाम भएपछि बाध्य भएर एम्बुलेन्स चालकले गलत साइटमा एम्बुलेन्स हाले । 

राणा शासनको विरोधदेखि सुरु भएको नेपालको आधुनीक राजनीतिक प्रणाली आज ७० वर्ष पुरा हुदाँ पनि उस्तै छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काँग्रेस, राप्रपा वा जसपा जुन पार्टी भएपनि सडकनै कब्जा गरेर आन्दोलन गर्ने गर्दछ ।  सार्वजनिक सम्पति तोड्फोड्, सडक कब्जा, टायर बाल्ने, मसाल जुलुस भन्दा पनि नविनत विरोधका शैली नेपालका पार्टीहरुले कहिले सिक्छन् ? यसको उत्तर जनताले माग्न थालेका छन् । 

तर, यसको असर शासकलाई पर्दैन । अहिलेको अवस्थालाई मध्यनजर गर्ने हो भने पनि प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई आन्दोलन कुनै सकस भोग्नु पर्दैन । असर पर्छ त केवल गरिखाने वर्गलाई मात्रै । आन्दोलनको आफ्नो ठाउँमा जायज होला तर, त्यसको भन्दैमा सडकनै बन्द गरेर जनतालाई कष्ट दिएर उहीँ नेतालाई मात्र सहज बनाउने राजनीतिक प्रणाली देखेर जनता वाक्क हुन थालिसकेका छन् । विरोधका नयाँ शैली अपनाएर दबाव दिने र जनताको जनजीवनलाई सकस हुन नदिने अवस्था बनाउनु सबै राजनीति दलको दायित्व हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप