केपी ओलीविरुद्ध विप्लवसहित चार पार्टीको रणनीतिक मोर्चा बन्ने
मङ्गलबार, १४ पुस २०७७, ११ : ४८

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चार साना कम्युनिस्ट घटकहरुले केपी ओली सरकारको निरंकुशता, फसिवाद दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताका विरुद्ध अग्रगामी राजनीतिक निकासका लागि रणनीति मोर्चा बनाउने भएका छन् ।
मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन बैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेलको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानकि समाजवादी कम्युनिस्ट पार्टी रहने भएका छन् ।
विप्लव, वैद्य, कट्टेल र आहुतीले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै रणनीतिक मोर्चाको अवधारणा, संरचना र आगामी कार्यक्रम चाडै सार्वजनिक गर्ने जनाएका छन् ।
उनीहरुले अहिलेको समस्याको समाधान संसद पुनर्स्थापना वा मध्यावधि निर्वाचन हुन नसक्ने ठहर पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात
-
प्रधानन्यायाधीश प्रकाशमानिसंह राउतद्वारा महादेव गुफाको अवलोकन
-
बालेनलाई शंकरको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन
-
१० बजे १० समाचार : जसपा र लोसपालाई अध्यादेशमा मनाउने प्रयास, कांग्रेस र एमालेमा महाधिवेशनको चर्चा
-
तराईमा ८० भन्दा बढी प्रकारका जौको अनुसन्धान गरिँदै
-
चाँगुनारायण–नगरकोट पदयात्रा–२०८१ सम्पन्न