शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रागिरि केवुलकारको भिडियो  सार्वजनिक

बुधबार, ०७ असार २०७४, २१ : ३३
बुधबार, ०७ असार २०७४

काठमाडौ – चन्द्रागिरि हिल्स लिमिटेडले व्यवसाय प्रवद्र्धनका लागि टेलिभिजन विज्ञापन सामाग्री सार्वजनिक गरेको छ । विज्ञापन सामाग्रीमा महजोडी कलाकार मदन कृष्ण श्रेष्ठरहरिबंशआचार्यका साथसाथै दीपकराज गिरी र दीपाश्री निरौलाको अभिनय देखाइएको छ ।
उक्त प्रवद्र्धनात्मक भिडियोको निर्देशन तथा परिकल्पना दिनेश डीसीले गरेका हुन् । 


बालकलाकार अनुरोध अधिकारी,निमिशा ढकाल, शैबी ढकाल र सफल झाको प्रस्तुती रहेको विज्ञापन सामाग्री आज चन्द्रागिरिमा आयोजित एक औपचारिक समारोह का वीच चन्द्रा गिरि हिल्स लिमिटेडका अध्यक्ष, संचालकहरु र कलाकारहरुले संयुक्त रुपमा सार्वजनिक गरेको हो ।


प्रवद्र्धनात्मक भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रा गिरि हिल्स एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालका ख्याति प्राप्तचार कलाकारहरुको अभिनय रहेको विज्ञापन भिडियो बनाउन पाउँदा खुशी लागेको बताए ।

कम्पनीका संचालक मिनबहादुर गुरुङ्गले चन्द्रागिरि हिल्स लिमिटेडले पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरे ।
 संचालक हेमराज ढकालले कुल ग्राहस्थ उत्पादनमा करिव ३ प्रतिशत मात्र योगदान पु¥याउँदै आएको पर्यटन क्षेत्रको योगदान बढाउन केबलकार सहित निर्माण भएको चन्द्रागिरि हिल्स परियोजनाले पनिमहत्त्व पूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप