मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सदस्यलाई स्पष्टीकरण
मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्यलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सदस्यलाई तत्काल प्रस्ताव फिर्ता गरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशनसहितको पत्र पठाएका हुन् ।
संसदीय दललाई जानकारी गराउनुभन्दा पहिले नै प्रदेश सभा सचिवालयमा ३७ सदस्यले आइतबार मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । संसदीय दलमा छलफल नगरी पहिले नै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएकाले प्रस्ताव फिर्तासहित स्पष्टीकरण पेस गर्न पत्र पठाएको प्रमुख सचेतक राजभण्डारीले बताए ।
संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आज पठाउनुभएको पत्रमा आफ्नो दल र दलका नेतालाई जानकारी नदिई दलका सदस्य इन्द्रबहादुर आङ्बो प्रस्तावक र दलका सदस्य लछुमन तिवारी समर्थक भई तपाइँहरुको समेत हस्ताक्षरमा मिति २०७७/०९/१२ गते बिहान १०ः५५ बजे आफ्नै दलका नेता र मुख्यमन्त्रीविरुद्व अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गर्नुभएको कुरा जानकारीमा आएकाले नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, प्रचलित कानूनी व्यवस्था तथा पार्टीको संसदीय दलको विधान २०७६ को भाग ६ दफा २४ को (क) (ख) (ग) (च) (छ) आकर्षित भई विधानको दफा २६ (ग) को देहाय (१) (२) (४) र (५) बमोजिम तपाईंलाई कारबाही किन नगर्ने ? उल्लेख छ ।
त्यस्तै पत्र प्राप्त भएको २४ घण्टाभित्र उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई लिखित स्पष्टीकरण पेस गर्न दलका नेताको निर्देशनबमोजिम निर्देश गरिएको पत्रमा उल्लेख छ । अन्यथा संविधान, राजनीतिक दलसम्बन्धी ऐन, कानून र दलको विधानबमोजिम कारबाही भई जाने व्यहोरा अवगत गराउँदछु, सचेतक राजभण्डारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना