इन्डोनेसियामा पुनः नाका बन्द गर्ने घोषणा

एजेन्सी । इन्डोनेसियाले पनि पुनः नाका बन्दको घोषणा गरेको छ । नाकाहरूलाई अस्थायीरूपमा बन्द गर्ने यो निर्णय यही जनवरी १ देखि १४ सम्म लागु हुने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
विभिन्न देशमा नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि इन्डोनेसियाले फेरि नाकाहरू बन्द गर्न लागेको हो । मन्त्रिपरिषद्को बेठकपछि सोमबार आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्री रेत्नो मर्सुदीले विदेशबाट आउनेहरूलाई स्वदेश प्रवेशका लागि निषेध गर्न लागिएको जानकारी दिए ।
विदेशका मन्त्री वा सोभन्दा उच्च ओहोदाका व्यक्तिलाई भने कडा मापदण्ड पालना गरेर मात्र आउने व्यवस्था गर्न सकिने उनले स्पष्ट पारिन् । सोमबारदेखि यही डिसेम्बर ३१ तारिखसम्म इन्डोनेसिया आउन लागेकाहरूलाई कोरोना सङ्क्रमण नभएको रिपोर्ट देखाएर आउन पाउने व्यवस्था गरिएको छ । सो रिपोर्ट भने पछिल्लो ४८ घण्टाभन्दा पहिलाको हुनु पर्ने पनि सर्त राखिएको छ । सङ्क्रमणमुक्त रहेको रिपोर्ट देखाउन नसक्नेलाई प्रवेश गर्न नदिन सरकारी अधिकारीहरूलाई कडा निर्देशन समेत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधवनारायण–४ का वडाध्यक्ष मुखियाको निधन
-
रिङ्कु सदाको घरमै पुगेर न्यायका लागि सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
-
३ सय १ ग्राम ब्राउन सुगर जस्तो पदार्थसहित झापाबाट दुई जना प्रहरीको नियन्त्रणमा
-
नेपाल र बेलायतबिच व्यापार तथा लगानीको अवसरबारे दूतावासमा अन्तरक्रिया
-
कटारी गोल्डकप : उपाधि भिडन्त आज
-
माओवादीको मिसन–०८४ : ठुलो दल बन्ने कि निर्णायक शक्ति ?