शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा संसद विघटनविरुद्ध काँग्रेसको प्रदर्शन (फोटोफिचर)

सोमबार, १३ पुस २०७७, १८ : ००
सोमबार, १३ पुस २०७७

बुटवल । नेपाली काँग्रेसले लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा संसद विघटनविरुद्ध  प्रदर्शन गरेको छ । काँग्रेसले रुपन्देहीको भैरहवा ,बुटवल, सालझन्डी, पाल्पाको तानसेन र रामपुर, कपिलवस्तुका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको हो । रुपन्देहीको भैरहवामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको बरु जनताको अधिकारी एकपछि अर्को गर्दे अधिनायकवादी शैलीमा खोसेको आरोप लगाए ।

उनले नेकपा नेतृत्वको सरकार बनेदेखि नै सुरक्षित भएका अधिकार समाप्त पार्ने काम भएको दावी गर्दै प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । उनले ओलीकै पालामा मुलुकमा भ्रष्टाचार बढेको आरोप समेत लगाए ।

त्यस्तै बुटवलको ट्राफिक चोकमा भएको प्रदर्शनमा नेताहरुले वर्तमान सरकारको कदमको विरोध गरेका थिए । उनीहरुले असंवैधानिक कदमलाई सच्याउन माग समेत गरेका थिए ।  आज रुपन्देहीका पनि ५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन भएको नेपाली काँग्रेस जिल्ला सदस्य बिष्णु पोखरेलले बताए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप