बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण, नयाँ भाइरस कि पुरानो ?
सोमबार, १३ पुस २०७७, १७ : ४०

काठमाडौं । बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बेलायतबाट आएका ५ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितलाई पूरानो खालको कोरोना भाइरस हो वा नयाँ खालको भाइरस भन्ने प्रष्ट नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले बताए ।
पाँचै जना संक्रमित काठमाडौंको होटेल क्वारेन्टिनमा बसेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बेलायतबाट आउने नागरिकलाई अनिवार्य रुपमा १० दिनसम्म क्वारेन्टिनमा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आह्वान गर्दै आएको छ भने बेलायत–नेपालबीचको हवाई उडान रोकेको छ । बेलायत लगायत युरोपका धेरै मुलुकहरुमा यसबेला नयाँ खालको कोरोना भाइरस देखिएको वैज्ञानिकहरुको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनादेखि अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
-
२०८१ साल : राजनीतिक उथलपुथल र चर्चित सात घटना
-
वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
-
गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग
-
बकैयाका ५९ भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण
-
२०८१ साल : हिन्दी फिल्मलाई ‘माथ’ दिएको वर्ष