आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको कदमविरुद्ध धनगढीमा प्रदर्शन

सोमबार, १३ पुस २०७७, १७ : १०
सोमबार, १३ पुस २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता धनगढी बजारमा नियमित जनप्रदर्शन बढेको छ । ओली सरकारले गरेको निर्णय संविधान विपरित रहेको भन्दै धनगढीमा विभिन्न दलले प्रदर्शन गरिरहेका हुन् । 
यस्तैमा आज काँग्रेसले विरोध प्रर्दशन गरेको छ । काँग्रेले ओलीको असंवैधानिक कदमकाविरुद्ध प्रदर्शन गरेको हो । यद्यपी विरोध प्रदर्शनपछिको सभामा सहभागीले चुनावका लागि पनि पार्टी तयार रहेको बताएका छन् । 

कैलालीको क्षेत्र नम्बर ५ क्षेत्रीय समितिले धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै जिल्ला सभापति नरनारायण शाह (मनू)ले निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए। 
सभाअघि धनगढीको क्याम्पस चोकबाट सुरु भएको विरोध र्याली ट्राफिक चौराहामा पुगेर कोण सभामा परिणत भएको थियो। 

  यसैबीच जनता समाजवादी पार्टीले पनि धनगढीमा प्रदर्शन गरेको छ ।   जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रिय सदस्य मिनराज बडुले जनताको मतलाई लत्याउ“दै प्रधानमन्त्री र राष्ट्रपतिले गरेको संसद विघटन मान्य नहुने बताए । उनले तत्काल संसद सुचारु गरी देशलाई ठुलो दुर्घटना हुनबाट जोगाउनु पर्नेमा जोड दिए । 
उनले सरकारको अलोकतान्त्रिक कदमका विरुद्ध सवैले आ–आफ्नो क्षत्रबाट विरोध गर्नुपर्ने बताए । 

केन्द्रिय सदस्य प्रेममति रानाले प्रधानमन्त्री ओलीको इसारामा उच्च अदालतले विना प्रमाण शेरम चौधरी लगायत थारु नेतालाई कारावास सजाय सुनाएको भन्दै सो निर्णय नमान्ने बताइन् ।
जसपा कैलालीका अध्यक्ष गयाप्रसाद कुस्मीले केपी ओली एक्लैले संसद विघटन गरेर देशमा अराजकता निम्त्याउन खोजेको भन्दै त्यसका विरुद्ध सवै एकजुट हुनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप