शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हामीलाई सर्वोच्च अदालतको निर्णय स्वीकार्य हुन्छः शेखर कोइराला

सोमबार, १३ पुस २०७७, १६ : ४०
सोमबार, १३ पुस २०७७

मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतको निर्णय स्वीकार्य हुने बताएका छन् । नेपाली काँग्रेस मोरङ क्षेत्र नं ६ ले संसद् विघटनको विरोधमा आयोजना गरेको बृहद प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले काँग्रेस वामपन्थीसँग सहकार्य गरी सरकारमा सहभागी नहुने प्रष्ट पार्दै एक्लै निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिए । राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सवल बनाउने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएको समेत उनले बताए ।

कोणसभामा काँग्रेस केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले संसद् विघटनबाट संविधान कार्यान्वयनमा अवरोध सिर्जना भएको आरोप लगाउँदै विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिइन् । वीरेन्द्र सभागृहबाट निकालिएको र्याली नगरपरिक्रमापश्चात् जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप