बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा पनि प्रधानमन्त्री ओलीको कदमविरुद्ध काँग्रेसको प्रदर्शन (फोटोफिचर)

सोमबार, १३ पुस २०७७, १६ : १६
सोमबार, १३ पुस २०७७

जनकपुर । नेपाली काँग्रेसले धनुषाका ४ वटा निर्वाचन क्षेत्रका विभिन्न स्थानमा संसद विघटनको विरोधमा प्रदर्शन गरेको छ । पूर्व घोषित कार्यक्रमअनुसार काँग्रेसले सोमबार ओली सरकारको कदमविरुद्ध प्रदर्शन गरेको हो ।

धनुषाको क्षेत्र नम्बर १ को धनुषाधाममा काँग्रेसका नेता आनन्द ढुंगाना, क्षेत्र नम्बर २ को यदुकुहामा नेता रामकृष्ण यादव, धनुषाको क्षेत्र नम्बर ३ को नगराईनमा प्रदेश नम्बर २ का संसदीय दलका नेता रामसरोज यादव र क्षेत्र नम्बर  ४ को महेन्द्रनगरमा नेता महेन्द्र यादव सहितले कोणसभामा सम्बोधन गरेका थिए । कोणसभामा नेताहरुले असंवैधानिक र अलोकतान्त्रिक ढंगले संसद विघटन गरेको भन्दै प्रदर्शनसहित नाराबाजी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप