शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अभिनेता सोनुको विषयमा लेखियो पुस्तक ‘आई एम नो मेसिहा’

सोमबार, १३ पुस २०७७, १५ : ४०
सोमबार, १३ पुस २०७७

मुम्बई । अभिनेता सोनु सुदको बिषयमा एउटा किताव लेखिएको छ । कोरोना महामारीको लकडाउन वा त्यसपछिका समयमा उनले गरेको राम्रो कामको बिषयमा किताव लेखिएको हो । किताबको शीर्षक ‘आई एम नो मेसिहा’ राखिएको छ । 

उनको जीवनको अनुभव समेत समेटिएको कितावको बिषयमा सोनु आफैले सोशल मिडिया मार्फत एक भिडियो शेयर गर्दै जानकारी दिएका हुन् । भिडियो शेयर गर्दै सोनुले लेखेका छन् ‘मेरो किताव ‘आई एम नो मेसिहा’ आएको छ । मेरो हस्ताक्षर रहेको किताव तपाईहरुलाई मुम्बई एयरपोर्टस्थित बुक सेन्टरमा मिल्नेछ ।  तपाई यसलाई अनलाईन अडर गर्न सक्नुहुन्छ । किताब अंग्रेजी र हिन्दी दुई भाषामा उपलब्ध छ ।

लकडाउनको समय सोनुले मुम्बईमा फसेका कयौं प्रवासी मजदूरलाई उनको घरमा पुर्याउने काम गरेका थिए । उनले मजदूरका लागि बस, ट्रेन र चार्टर प्लेनको समेत ब्यवस्था गरेका थिए । मानिसका लागि खानपिनको र रोजगारीको ब्यवस्था समेत गर्दिएका उनको सहयोगको सिलसिला अहिले पनि जारी छ । बुढाबुढीका लागि घुडाको ट्रान्सप्लान्ट उनको अबको योजना रहेको छ । जुन उनी २०२१ मा पुरा गर्न चाहान्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप