शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा काँग्रेसको सरकारविरोधी प्रदर्शन, सम्बोधनका लागि पुगे देउवा (तस्बिरहरु)

सोमबार, १३ पुस २०७७, १४ : ४५
सोमबार, १३ पुस २०७७

नेपाली काँग्रेसको घोषित कार्यक्रमअनुसार सोमबार अन्य जिल्लामा जस्तै भक्तपुरमा पनि सरकारको कदमविरुद्ध प्रदर्शन गरिएको छ । भक्तपुरको ठिमीमा आयोजित विरोध कार्यक्रमलाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने तय भएको छ । सम्बोधनका लागि देउवा कार्यक्रमस्थलमा पुगिसकेका छन् ।

सो अघि सहरका विभिन्न स्थानबाट र्याली निकालिएको थियो भने प्रधानमन्त्री केपी ओलीको कदमको चर्को विरोध गर्दै नाराबाजी गरिएको थियो । 
 प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गरेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप