गेम अफ थ्रोन्समाथि गेम बनाउने चिनियाँ टाइकूनको विष दिएर हत्या, मुख्य सहयोगी शंकाको घेरामा

क्रिसमसको दिन मृत्यु भएका चिनियाँ गेम टाइकूनलाई विष दिएर हत्या गरिएको पुष्टि भएको छ । चीनको शांघाई प्रहरीले यसबारे जानकारी दिएका हुन् ।
३९ वर्षीय लिन ची, यूजू नामको गेम डेभलपर कम्पनीका अध्यक्ष तथा कार्यकारी अधिकारी थिए । उनलाई गेम अफ थ्रोन्सः विन्टर इज कमिङ स्ट्राटिजी गेम बनाएका कारण धेरैले चिन्दथे ।
सांघाई प्रहरीले बयान जारी गर्दै चीका एक मुख्य सहयोगीलाई मुख्य संदिग्ध बताएको छ । यद्यपि, प्रहरीले ती व्यक्तिको नाम उजागर गर्न अस्विका रगरेको छ र उनलाई उनको उपनाम जूमार्फत् सम्बोधन गरिएको छ ।
हुरुन चाइना रिच लिस्टका अनुसार लिनको कुल सम्पत्ति करिब ६.८ अर्ब युआन अर्थात् करिब एक अर्ब डलर थियो ।
सांघाई प्रहरीका अनुसार चीनको कम्पनीका थुप्रै कर्मचारी तथा पूर्व कर्मचारी शोक प्रकट गर्नका लागि उनको कार्यालयमा जम्मा भए ।
कम्पनीले आफ्नो आधिकारिक वीबो माइक्रोब्लगमा एक भावनात्मक बयान पनि जारी गर्यो ।
उनीहरुले लेखे, ‘अलविदा युवा... हामी सँगै हुनेछौं, दयालु हुनेछौं । सकारात्मकतामा विश्वास गरिरहनेछौं र जे खराब छ, त्यसविरुद्ध लडाईं जारी राख्नेछौं ।’
पोस्टमा हज्जारौंले कमेन्ट गरे र यसलाई विबोमा २० करोडभन्दा बढी पटक हेरिएको छ ।
गेम अफ थ्रोन्ससँग सम्बन्धित गेमबाहेक यूजूले ब्रोल स्टारजस्ता थुप्रै सुपरहिट गेम पनि बनाएका छन् ।
थ्री–बडी प्रब्लमः
कम्पनीको चाइनीज साई–फाई उपन्यास थ्री–बडी प्रब्लमसँग आफ्नो सम्बन्धका लागि पनि चिनिन्छ र यसमा फिल्म बनाउने राइट्स उनीसँग मात्रै छ ।
तर मोशन पिक्चरको क्षेत्रमा कम्पनीको व्यापार विस्तार सोचे अनुसार सफल रहेन र किताबलाई ६ वटा फिल्ममा परिवर्तन गर्ने प्रोजेक्ट कहिले सुरु हुन सकेन ।
सेप्टेम्बरमा कम्पनीले नेटफ्लिक्सलाई यसमाथि टिभी प्रोग्राम बनाउने अधिकार दियो । – बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्लाको नाफा घटेपछि डज प्रमुखको जिम्मेवारी घटाउँदैछन् मस्क
-
जबरजस्ती निर्वासन मामिलामा न्यायाधीशले गरे ट्रम्प प्रशासनलाई गाली
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा
-
संविधान संशोधन गरी सङ्घीय र प्रदेश मन्त्रालय र सांसदको सङ्ख्या घटाउनुपर्छ : एनपी साउद
-
गभर्नर नियुक्ति प्रकरण : २० वर्ष अघिको सकस दोहोरिँदै
-
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा