चीनमा स्कूल बाहिर अन्धाधुन्ध चक्कू हमलाः ७ को मृत्यु, ७ घाइते

चीनको उत्तर पूर्वी प्रान्त लिओलिङमा एक व्यक्तिले मानिसहरुमाथि अन्धाधुन्ध चक्कू हमला गरेका छन् । मिडियामा प्रकाशित रिपोर्ट अनुसार हमलामा सातजनाको घाइते भएको छ ।
लिओनिंग प्रान्तको एउटा सानो शहर कायायुआनमा भएको हमलामा सातजना घाइते पनि भएका छन् ।
सरकारी समाचार एजेन्सी शिन्ह्वाको रिपोर्ट अनुसार प्रहरीले एक संदिग्धलाई पक्राउ गरेको छ । यद्यपि, हमला के कति कारणले गरियो, त्यसको कुनै स्पष्ट जानकारी भने छैन ।
प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रिपोर्टमा भनिए अनुसार उनीहरुले एक व्यक्तिले मानिसहरुमाथि अन्धाधुन्ध चक्कू हमला गरेको देखे ।
चीनमा यस्तो प्रकारको हिंस्रक अपराध तुलनात्मक रुपमा कमै हुन्छन् तर पछिल्लो केही वर्षमा चक्कू वा धारिलो हतियारले हमला गर्ने घटना बढ्दो छ ।
यस्तो प्रकारको हमलामा साधारणतया ती मानिसहरु संलग्न हुन्छन् जो कुनै मानसिक रोगसँग जुधिरहेका हुन्छन् वा कसैसँग बदला लिन चाहेका हुन्छन् ।
हङ्गकङको साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी) समाचार पत्रको रिपोर्ट अनुसार कायायुआनमा चक्कुमार्फत् जुन हमला भएको छ, त्यहाँ संदिग्धले स्थानीय समयानुसार करिब ८ बजे चक्कू हमला गर्न सुरु गरेका हुन् ।
प्रहरीका अनुसार संदिग्धलाई पक्राउ गर्ने बेला एक प्रहरी अधिकारी पनि घाइते भएका छन् । यद्यपि, हमलामा घाइते भएका मानिसहरुबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।
एक प्रत्यक्षदर्शीले एससीएमपीलाई दिएको जानकारी अनुसार हमला एक स्कूल बाहिरबाट सुरु भएको हो र हमलाका शिकार धेरैजसो कि त मध्यम आयु वर्गका महिला वा वृद्धा हुन् ।
लियू उपनाम भएकी एक महिलाले भनिन्, ‘यो त राहतको कुरा हो कि आज स्कूल बन्द छ । नभए थुप्रै मानिस यसको शिकार हुने थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रहरी महानिरीक्षक थापाको निधन
-
भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा
-
भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
-
जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’