नोबेलमा पारामेडिकलका नयाँ विद्यार्थीलाई अभिमुखीकरण

नोबेल मेडिकल कलेजमा भर्ना भएका पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागतसहित अभिमुखीकरण कार्यक्रम गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत स्टाफ नर्स, डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिन र रेडियोग्राफीमा भर्ना भएका १८० जना नयाँ बिद्यार्थीलाई स्वागत गरिएको हो ।
कार्यक्रममा नोबेलका नायब प्रमुख कार्यकारी अधिकृत डा.विश्वनाथ अधिकारी, प्रवन्धक नारायण दाहाल, अन्र्तराष्ट्रिय शैक्षिक निर्देशक डा.निरञ्जन कुमार, बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.सिता घिमिरे, नर्सिङ बिभागका कार्यकारी निर्देशक दुर्गा चौलागाई, पारामेडिकल कार्यक्रमका संयोजक रुपेश श्रीवास्तव लगायतले अविर र खादा लगाएर विद्यार्थीहरुलाई स्वागत गरेका छन् । स्वागतसँगै आईतवारबाट स्वास्थ्य सावधानी अपनाउँदै पठनपाठनसमेत सुरु भएको नोबेलको शैक्षिक बिभागका सुरेन्द्र घिमिरेले जानकारी दिए ।
नोबेलमा डिएम एमसीएच, एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, वीएनएस, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव १ हजार ६ सय विद्यार्थी अध्ययनरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु