सङ्खुवासभामा ‘दोहोरो भिडन्त’पछि विप्लव समूहले भन्यो : ‘राज्यले दमनको नीति लियो’
काठमाडौं । संखुवासभामा प्रहरीसँगको दोहोरो भिडन्तपछि विप्लव समूहले सुरक्षा निकायलाई आक्रमण गर्ने आफ्नो नीति नभएको दाबी गरेको छ ।
चैनपुर नगरपालिका–४ मैदानेमा विप्लव समुहका जिल्ला सेक्रेटरी युवराज राई घरमा आएको सुराका पाएपछि प्रहरीले आइतबार त्यहाँ सर्च अपरेशन चलाएको थियो ।
प्रहरी अपरेशनको क्रममा दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले रातोपाटीलाई बताएका छन् ।
तर, विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विज्ञप्ति जारी गरेर प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईको बहिनी चन्द्रकलालाई कुटपिट गरेको दावी गरेका छन् ।
प्रहरीको कुटपिटबाट ढाडमा गहिरो चोट लागेको र चन्द्रकला अचेत भएको प्रकाण्डको दावी छ ।
मैदानेमा ‘दोहोरो भिडन्त’ नभएको दावी गर्दै प्रकाण्डले परिस्थितीलाई उक्साउने र उत्तेजित बनाउनेगरी राज्यले दमनको नीति लिएको विज्ञप्तिमा उल्लेख छ ।
आइतबारको भिडन्तमा विप्लव समूहले ५ राउण्ड र प्रहरीले करिब २० राउण्ड गोली चलाएको डिएसपी मल्ले रातोपाटीलाई बताए । सो क्षेत्रमा प्रहरीले सर्च अपरेशन जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण